सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विराटनगरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना


  •    न्युजभित्तो/७ मंसिर २०८१, शुक्रबार ११:१७ 
  • काठमाडौँ, ७ मंसिर । विराटनगरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । करुणा फाउण्डेसनसँगको सहकार्यमा विराटनगर महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

    पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले महानगरले १९ वटै वडामा परीक्षण अभियान सञ्चालन गर्दैछ । करुणा फाउण्डेशनले सम्बन्धित पालिकाहरुको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१र८२ का लागि कोशी प्रदेशका चार पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्दैछ ।

    परियोजनाअन्तर्गत विराटनगर महानगरपालिकाका करिब ४७ हजार महिलाको पाठेघरको परीक्षण गरिने फाउण्डेशनकी कार्यक्रम अधिकृत रविना खड्काले जानकारी दिइन् । परीक्षणपश्चात् पाठेघरमा समस्या देखिएका महिलाको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले बताए ।

    परियोजना सफल बनाउन महानगरका १९ वटै वडामा १३९ महिला स्वयंसेविका परिचालन गरिनेछ । हरेक स्वयंसेविकाले करिब दुई सय महिलालाई स्वास्थ्य केन्द्रमा परीक्षण गर्न ल्याउनेछन् । स्वयंसेविकाले घरघरमा पुगेर जनचेतना फैलाउनुका साथै महिलालाई परीक्षण गर्नका लागि प्रोत्साहन गरेर स्वास्थ्य संस्थामा जान आग्रह गर्नेछन् । महानगरका १९ वटै वडामा सञ्चालित स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको परीक्षण गरिनेछ ।

    विराटनगर महानगरसहित कोशी प्रदेशका दुहबी, इनरुवा र धरानमा उक्त परियोजना सञ्चालन हुने कार्यक्रम अधिकृत खड्काले जानकारी दिइन् । चारवटै पालिकाको नेतृत्वमा करिब एक लाख सात हजार पाँच सय महिलाको परीक्षण गर्ने लक्ष्य छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो
    सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
    खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
    • मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
    • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
    • भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड
    • भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.