सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली


  •    न्युजभित्तो/५ मंसिर २०८१, बुधबार १२:५९ 
  • नयाँ दिल्ली, ५ मंसिर । बढ्दो वायु प्रदूषणको चपेटामा आएको दिल्ली सहित एनसीआर आधा लकडाउनमा छ । बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै दिल्ली सरकारले सरकारी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई घरबाट काम गर्ने र ५० प्रतिशतलाई मात्रै कार्यालयमा आएर काम गर्ने घोषणा गरेको छ ।

    राजधानीमा प्रदूषणको स्तर बढ्दै गएपछि सरकारले कयौँ कुरामा प्रतिबन्ध लगाएको छ । विद्यालय र कलेजहरू बन्द भएका छन् । अब कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै घरबाटै काम गर्न भनिएको छ ।

    प्रदूषण कम गर्न सरकारले सरकारी कार्यालयका आधा कर्मचारीलाई घरबाटै काम गर्ने निर्णय गरेको दिल्लीका वातावरण मन्त्री गोपाल राईले एक्समा एउटा पोस्टमा लेखेका छन् । यो नीति कार्यान्वयनका लागि आज दिउँसो १ बजे सचिवालयमा पदाधिकारीसँग बैठक बस्ने बताइएको छ ।

    बढ्दो एक्यूआईलाई दृष्टिगत गरेर गुरुग्राममा पनि जिल्ला प्रशासनले मङ्गलवार घरबाट कामको लागि सल्लाह जारी गरेको छ । उपयुक्त अजयकुमारले जारी गरेको यो सल्लाहमा कर्पोरेट र निजी क्षेत्रका कम्पनीहरूलाई आफ्ना ५० प्रतिशत कर्मचारीलाई घरबाट काम गर्न अनुमति दिन भनिएको छ ।

    दिल्ली–एनसीआरमा स्कुलहरू बन्द

    वायु प्रदूषण अत्यन्तै गम्भीर श्रेणीमा पुगेपछि दिल्लीका मुख्यमन्त्री आतिशीले कक्षा १२ सम्मका विद्यालयहरू बन्द गर्ने आदेश दिएकी छिन् । सबै कक्षाहरू अनलाइन सञ्चालन हुनेछन् । साथै, एनसीआरका फरीदाबाद, गाजियाबाद, गुरुग्राम, नोएडाका जिल्ला प्रशासनले पनि कक्षा १२ सम्मका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । केही कलेजले अनलाइन कक्ष सञ्चालनको तयारी गर्ने भएका छन् ।

    दिल्लीमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने बाहेक सबै ट्रक छिर्न रोक लगाइएको छ । एलएनजी, सीएनजी, बीएस–भीआई डिजेल वा इलेक्ट्रिक पावर जस्ता स्वच्छ इन्धनमा चल्ने व्यावसायिक सवारीहरूलाई प्रतिबन्धबाट छुट छ ।

    यसैबिच, दिल्लीबाहिर गैर अत्यावश्यक हलुका सवारीमा साधनमा प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध दिल्लीमा मात्र नभएर गुरुग्राम, फरीदाबाद, गाजियाबाद र गौतम बुद्ध नगर जस्ता वरपरका क्षेत्रहरूमा पनि लागू हुनेछ । नियम उल्लङ्घन गर्नेलाई २० हजार जरिवाना तिराइनेछ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.