सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राइनोजले पनि सार्वजनिक गर्‍यो जर्सी र मस्कट


  •    न्युजभित्तो/४ मंसिर २०८१, मंगलवार १६:४६ 
  • चितवन, ४ मंसिर । नेपाल प्रिमियर लिगको प्रतिस्पर्धी टिम चितवन राइनोजले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सोमबार साँझ भरतपुरमा आज एक कार्यक्रमका बिच जर्सीसहित मस्कट र टिम एन्थम सार्वजनिक गरेकी हुन् । जर्सी सार्वजनिक गर्दै खेलाडिलाई आफ्नो सशक्क्त खेल प्रतिभा देखाउन शुभकामना दिएकी छिन् । नेपाली क्रिकेटका लागि चितवन राइनोजले प्रमोशनको काम गरेको भन्दै यसको महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।

    मेयर दाहालले चितवन र भरतपुरले खेलकुदमा उल्लेख्य प्रगति गरेको समेत बताइन् । भरतपुरमा खेलकुदको विकास भएको छ । यहाँ फुटबल र क्रिकेटको लिग सञ्चालन भइरहेका छन् । उनले भनिन् विद्यालय स्तरका खेलाडी अन्तराष्टिय रुपमा खेल्न सकुन भन्ने महानगरको कामना छ । आउने दिनमा चितवन राईनोज टिमको अभिभावकत्व प्रकट गर्ने समेत बताएकी छिन् ।

    चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले स्थानीय र क्षेत्रीय तहको क्रिकेटलाई उकास्न एनपीएलले राम्रो वातावरण बनाउने बताए । ‘युवापिँढीको क्षमता बढाउन एनपीएल राम्रो अवसर हो । हाम्रो टिमका खेलाडीसँग साँच्चै नै गैंडाको जस्तो हिम्मत र क्षमता छ । टोलीमा बलिया र जुझारु खेलाडी भएका कारण हामी उपाधि जित्नेमा विश्वस्त छौं,’ न्यौपानेले भने ।

    चितवनको माकी खेलाडी कुशल मल्लले आफ्नो टिम जित्नका लागि राम्रो नतिजा निकाल्ने आशा राखेको बताउँदै सपोट गर्न आग्रह समेत गरे । चितवनमा सन् १९९४ मा गठित चितवन राइनो क्रिकेट क्लबबाट प्रभावित भएर चितवन राइनोज गठन गरेको अध्यक्ष आयूस न्यौपानेले बताए । अहिले चितवन राइनोको टिम बलियो र जुझारु समेत रहेको बताए । खेल संस्कृति र बाचाको प्रतिक भएको भन्दै उनले एनपिएलको पहिलो सिजन जितेर देखाउने बताए ।
    चितवन राइनोका तत्कालीन कप्तान मनिष सापकोटा र अन्य खेलाडीलाई चितवन राइनोजको जर्सी उपलब्ध गराउनुका साथै राइनो क्लबले त्यो समयमा खेल्ने गरेको पुरानो ब्याट चितवन राइनोजलाई उपहार दिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.