सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वायु प्रदूषणका कारण दिल्लीमा सङ्कटकालको जस्तो अवस्था


  •    न्युजभित्तो/४ मंसिर २०८१, मंगलवार १३:०८ 
  • नयाँ दिल्ली, ४ मंसिर । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । प्रदूषणसँगै कुहिरोको प्रभावले जनजीवन प्रभावित भएको छ । दिल्ली मात्र होइन एनसीआर पनि प्रदूषणको चपेटामा आएको छ ।

    ग्याप–४ को नियम लागू भइसकेको छ । विद्यालयहरू बन्द भएका छन् । जनतालाई घरमै बस्न अपिल गरिएको छ । सबै प्रकारका रोकथामका उपाय अपनाइएको भएपनि प्रदूषण नियन्त्रण हुन सकेको छैन । कुहिरोका कारण भिजिबिलिटी कम छ ।

    खतरनाक प्रदूषणले राजधानीमा स्वास्थ्य सङ्कटकाल लगाएको छ । जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । सोमबार एयर क्वालिटी इन्डेक्स(एक्यूआई) ४९४ रेकर्ड गरिएको थियो । मंगलबार यो बढेर ५०० माथि उक्लिएको छ । यो भनेको एकदमै गम्भीर श्रेणीमा पर्छ । यो यस सिजनको उच्च एक्यूआई थियो ।

    केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)का अनुसार राष्ट्रिय राजधानीमा मंगलबार अधिकांश स्थानमा एक्यूआई गम्भीर श्रेणीमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ५ दिन बाक्लो कुहिरो रहने प्रक्षेपण गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

    पहिलो पटक अति गम्भीर बन्यो हावा

    मौसमको अवस्था खराब हुँदा कुहिरोसँग मिसिएको प्रदूषणका कारण सोमबार पनि दिल्लीमा दिनभर धुवाँको पत्र बनेको थियो । वायु प्रदूषणका कारण रेल र हवाई सेवा प्रभावित बनेका थिए । मंगलबार पनि यस्तै स्थिति हुने आशङ्का गरिएको छ । सीपीसीबीले यो हप्ताभरि नै हावा अति गम्भीर भन्दा गम्भीर श्रेणीमा रहने भनेको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.