सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ‘क्रिटिकल केयर’ सम्बन्धी आठ देशका चिकित्सक र नर्सको सम्मेलन सम्पन्न


  •    न्युजभित्तो/२ मंसिर २०८१, आईतवार ११:४४ 
  • चितवन, २ मङ्सिर । यहाँको पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरुले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् ।

    क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरुको संस्था ‘नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर नर्स एशोसिएसन अफ नेपाल’को आयोजनामा भएको कार्यशालामा उनीहरुले बृहत छलफल गरेका हुन् ।

    सोसाइटीको छैठौं अन्तर्राष्ट्रिय सम्मेलन र एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरुले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्राडा शितल अधिकारीका अनुसार कार्यशालामा नेपालसहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरुको सहभागिता रहेको थियो ।

    कार्यशालामा ६५० प्रतिनिधि रहेको जनाउँदै अधिकारीले आयोजकसहित यो सङ्ख्या ७५० हाराहारी पुगेको बताउनुभयो । उनीहरुले शुक्रबार र शनिबार सौराहामा रहेर छलफल गरेका थिए ।

    सोसाइटीका कार्यशाला संयोजन गर्नुभएका डा हेमराज पनेरुका अनुसार दुई दिनमा ६० चिकित्सकको र ४० नर्सहरुका कार्यपत्र प्रस्तुत गरी ती कार्यपत्रमाथि छलफल गरिएको थियो । पनेरुले छलफलका क्रममा सरकारका तर्फबाट गर्नुपर्ने नीतिका बारेमा समेत सुझाव दिनसक्ने गरी निष्कर्ष तयार पारेको बताउनुभयो ।

    एसोसिएसनका तर्फबाट कार्यशाला संयोजन गर्नुभएकी परिस्मा ताम्राकारले छलफलमा आफूहरुले आर्जन गरेका प्राविधिक र व्यवहारिक ज्ञानलाई एक अर्कोमा आदानप्रदान गर्न सहयोगी बनेको बताउनुभयो । यो कार्यशालाबाट फर्किएपछि जो कोहीलाई काममा उर्जा मिल्ने उहाँको भनाइ छ ।

    अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने भएकाले समय समयमा यस्ता कार्यक्रम आयोजना गरेर सीप र दक्षता अभिवृद्धि गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा सोसाइटी र एसोसिएसनका विभिन्न तहमा रहेका अधिकारी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल मेडिकल कलेजका प्रिन्सिपल प्राडा मोदनाथ मरहठ्ठाले अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने जनशक्तिको यो खालको अन्तक्र्रियाले नेपालको उपचार पद्धतिमा टेवा पुग्ने बताउनुभयो ।

    नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले सघन उपचार कक्षको उपचारमा चिकित्सक र नर्सको उत्तिकै भूमिका हुने भन्दै यो कार्यक्रमले नेपालका चिकित्सक र नर्सलाई थप परिस्किृत गर्दै लैजान सहयोग पुग्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.