सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सात हजार बढीलाई आँखा उपचार सेवा


  •    न्युजभित्तो/२ मंसिर २०८१, आईतवार ११:०५ 
  • कञ्चनपुर, २ मंसिर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ ।

    शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको हो । हप्ताको छ दिन केन्द्र सञ्चालन हुँदै आएको छ ।

    सहकारीका अध्यक्ष शिवराज भट्टका अनुसार केन्द्रबाट एक वर्षमा सात हजार एक सय ८२ जनाले सेवा लिएका छन् । केन्द्रमा उपचार गर्न आएका आर्थिक रूपमा विपन्न छ सय ४१ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

    केन्द्रबाट आँखा जाँच, औषधि वितरण, परामर्श र चश्मा उपलब्ध गराउने व्यवस्था छ । शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडामा सञ्चालित शिविरबाट तीन हजार तीन सय २७ जनाले सेवा लिएका छन् । शिविरमा आँखा जाँचका लागि पुगेका मोतियाबिन्दुका दुई सय ५५ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा पुगेका सात सय २३ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.