सिरियाका आवासीय भवनमा इजरायली हवाई आक्रमण: १५ जनाको मृत्यु
न्युजभित्तो/३० कार्तिक २०८१, शुक्रबार १४:०३
काठमाडौं, ३० कात्तिक । इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमस्कस र वरपरका आवासीय भवनमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण सुरु गरिएको थियो ।
दमस्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तरपश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनलाई निसाना बनाइएको थियो । आक्रमणबाट महिला र बालबालिकासहित १६ जना घाइते भएका बताइएको छ । सिन्ह्वारन्युज एजेन्सी नेपाल