सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रकाश भुजेलको लाइसेन्स यातायातको रेकर्डमा भेटियो


  •    न्युजभित्तो/२९ कार्तिक २०८१, बिहीबार १५:०९ 
  • काठमाडौं, २९ कात्तिक । यातायात कार्यालयमा झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को रेकर्ड भेटिएको छ । प्रहरीमा उपस्थित भएका भुजेलले लाइसेन्स पेश नगरेपनि यातायात कार्यालयको रेकर्ड भेटिएको स्रोतले बताएको हो ।

    ‘उहाँले आत्मसमर्पण गर्नेबित्तिकै हामीले लाइसेन्स माग्यौं, तर यतिबेलासम्म पनि दिनुभएको छैन’, अनुसन्धानरत एक प्रहरीले बताए । भुजेलले खोज्दैछु, हेर्दैछु भन्दै आत्मसमर्पण गरेको २४ घण्टा पुग्न लाग्दासम्म पनि लाइसेन्स देखाउन नसकेपछि शंका उब्जिएको थियो । प्रहरी वृत्त बौद्धले उनको लाइसेन्सबारे यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । यातायात कार्यालय स्रोतले लाइसेन्सको रेकर्ड रहेको बतायो ।

    भुजेलले चलाएको गाडीले बुधबार शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नगकोटी कागेश्वरी मनोहरा-२ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि झाँक्री आफै प्रहरीमा उपस्थित भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.