सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्दीपुरका विद्यालयमा पढाइसँगै ‘हामी सक्छौँ हामी गर्छौं’ कार्यक्रम


  •    न्युजभित्तो/२८ कार्तिक २०८१, बुधबार १६:२९ 
  • दमौली (तनहुँ), २८ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिकामा पढाइसँगै सीपको विकास गर्ने उद्देश्यसहित ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०८१र८२ को वार्षिक कार्यक्रमअनुसार विद्यालयका विद्यार्थीलाई ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिनुभयो । गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू कम्तीमा ३० देखि ५० जनाको समूहलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

    विद्यालयले उक्त कार्यक्रममा पेन्टिङ, हाउस वाइरिङ, प्लम्बिङ तथा कपाल काट्ने लगायतका सीपमूलक तालिम कम्तीमा एक महिनासम्म सञ्चालन गर्न सक्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । विद्यार्थीहरूका लागि गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । थापाले उक्त कार्यक्रमका माध्यमबाट पढ्दै गरेका विद्यार्थीहरू आगामी दिनमा बेरोजगार बन्न नदिन साथै उद्यमशीलाको विकास गरी स्वरोजगार बन्न सक्ने उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, “विद्यार्थीको सीपले व्यवहार परिवर्तन हुनुका साथै अभिभावकको शिक्षामा गर्नुपर्ने आर्थिक लगानीको दायित्व घट्ने विश्वास व्यक्त गरिएको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.