सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन् समाजसेवी श्रेष्ठले


  •    न्युजभित्तो/२८ कार्तिक २०८१, बुधबार १५:१८ 
  • चितवन, २८ कात्तिक । पश्चिम चितवनको चनौली बजारमा रहेको मालपोत कार्यालय भाडाको घरमा सञ्चालित छ । कार्यालय रहेको घरधनीले कार्यालयका लागि निः शुल्क तीन कठ्ठा जमिन प्रदान गर्ने इच्छा गरेपनि सो कार्य पूरा गर्न सकेका छैनन् ।

    भरतपुर महानगरपालिका वडा नं। २०, चनौलीका महेन्द्रराज श्रेष्ठले २०७६ सालमा आफ्नै घरमा भाडामा बसेको कार्यालयलाई जग्गा निःशुल्क दिने घोषणा गर्नुभएको थियो । घोषणापछि उहाँले वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै भूमिसुधार मन्त्रालयसम्म जग्गा लिइदिन आग्रह गर्नुभयो ।

    चनौली बजार नजिकैको उहाँको जमिन मालपोत कार्यालयलाई निःशुल्क दिन श्रेष्ठ लागि पर्नुभएको छ । उहाँले भन्नुभयो “भाडा तिरेर बसेको मालपोत र नापी कार्यालयलाई जमिन दिन्छु भन्दा पनि सकिन ।”

    २०७६ सालको फागुन १७ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले उक्त जग्गा यी कार्यालयहरू राख्न उपयुक्त रहेको निष्कर्ष निकाल्दै जग्गा प्राप्तिको प्रक्रियाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा लेखि पठाउने निर्णय गरेको समाजसेवी श्रेष्ठ बताउनुभयो ।

    उहाँले भन्नुभयो ,“मालपोत अधिकृत, नापी अधिकृत, भरतपुर महानगरपालिकाको वडा नम्बर २० का सचिव समेत सहभागी बैठकले गरेको निर्णयसहितको जग्गाको कागजपत्र मन्त्रालय र विभागमा पुगेको छ । अहिलेसम्म उक्त जग्गा मालपोत र नापी कार्यालयले स्वीकार गरेका छैनन् । ”

    साँघुरो ठाउँमा कार्यालय बसिरहेको छ । कार्यालयका प्रमुख हिम तिमिल्सिना आफू भर्खरै आएको र बुझ्ने क्रम जारी रहेको बताउनुभयो । श्रेष्ठले दिन चाहेको जमिन केही अपुग हुने उहाँको भनाइ छ ।

    कार्यालय प्रमुख तिमिल्सिनाले भन्नुभयो “थप बुझ्न पाएको छैन, अब मालपोत र नापी एकै ठाउँमा बस्नुपर्छ, सोही अनुसारको जग्गा चाहिन्छ ।” दुवै कार्यालय गरी करिब पाँचरछ कठ्ठा जमिन आवश्यक पर्ने उहाँको भनाइ छ । यद्यपी अहिले भाडामा बसिरहेको र दाता समेत भेटिएकाले यसको निर्णय छिटो गर्नुपर्ने उहाँले बताउनुभयो ।

    तत्कालीन नेपाल पत्रकार सङ्घका जिल्ला सभापति महेन्द्रराज पत्रकारिता, राजनीति र समाजसेवी व्यक्तित्व हुनुहुन्छ । उहाँको बुबा बाबुरामले नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखालाई एक कठ्ठा, ओम शान्तिलाई १० धुर, भीमनगर माध्यमिक विद्यालय, नेवा गुठी बजार समिति चनौली लगायतलाई संघ सस्थालाई जमिन प्रदान गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.