सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा अपाङ्गता परिचयपत्र वितरण


  •    /१४ बैशाख २०७६, शनिबार १५:१८ 
  • देवघाटर देवघाट गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरणका लागि सञ्चालन गरेको एक हप्ते घुम्ति सेवा कार्यक्रमको समापन भएको छ । घुम्ति शिविर अन्तर्गत पहिलो दिन बैशाख ८ गते वडा नम्वर ५ को धर्मार्थ अस्पतालमा, ९ गते वडा नम्वर ५ मा, १० गते वडा नम्वर १ मा, ११ गते वडा नम्वर ४ मा, १२ गते वडा नम्वर ३ मा, १३ गते वडा नम्वर २ मा र अन्तिम दिन १४ गते वैदी स्वास्थ्य चौकीमा अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो ।
    अपाङ्गता वितरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ पनि सहभागी हुनुभएको थियो । उहाँले नेपालभरमा लगभग २५ देखि ३० लाखको हारहारीमा अपाङ्गता भएका व्यक्तिहरु रहेका र तनहुँ जिल्लामा मात्रै अपाङ्गता भएका व्यक्तिहरु ३० हजारजति रहेका जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना नगरी समाजमा केही गरेर अगाडि बढ्नुपर्छ भन्ने हौसला प्रदान गनुपर्ने उहाँको भनाइ थियो ।
    देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जन्मजात बाहेक अरु जुनसुकै अवस्थामा जो कोहीमा पनि अपाङ्गता हुन सक्ने भएकोले अपाङ्गता भएकाहरुप्रति कोही कसैले पनि हेलाको भावना राख्न नहुनेमा जोड दिनुभयो । परिचयपत्र वितरको मुख्य उद्देश्य भत्ता वितरण गर्नु मात्र नभई गाउँपालिकाभित्र अपाङ्गता भएका कति जना छन् भनि पहिचान गर्न र अपाङ्गता भएका मध्ये कति जनालाई उपचार गर्न सकिन्छ भनि पत्ता लगाउन शिविर सञ्चालन गरिएको थापाले बताउनुभयो । डाक्टरको सल्लाह अनुसार सम्भव भएसम्म उपचारको व्यवस्था गरिदिने पनि उहाँले जानकारी गराउनुभयो । अपाङ्गता भएकालाई सीपमूलक तालिमको व्यवस्था पनि गरिने उहाँले बताउनुभयो ।
    अपाङ्ग सरोकार समिति, तनहुँका अध्यक्ष ऋषिराम लामिछानेले अपाङ्गता भएकालाई आशा मात्रै देखाउने काम नगर्न आग्रह गर्दै अधिकार दिन आग्रह गर्नुभयो । उनले देवघाटको वडा नम्वर ५मा मात्रै ७० जना अपाङ्गता भएका व्यक्ति रहेका बताउनुभयो । यस क्षेत्रमा कानको समस्या बढी पाईएको उहाँले जानकारी गराउनुभयो ।
    अपाङ्गता परिचयपत्र वितरण घरदैलो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, उपाध्यक्ष विमला थापालगायतको सहभागिता थियो । भिमाद प्राथमिक स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी अनिमा पराजुलीले शिविरमा अपाङ्गता भएकाहरुको जाँच गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.