सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रम्पको आगमनले गाजामा जारी द्वन्द्व अन्त्य हुने प्यालेस्टाइन र हमासको आशा


  •    न्युजभित्तो/२२ कार्तिक २०८१, बिहीबार ११:५१ 
  • गाजा, २२ कात्तिक । प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमुद अब्बासले अमेरिकी चुनावमा विजयी भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिँदै सफलताको कामना गरेका छन् ।

    वाफा समाचार एजेन्सीको वेबसाइटमा बुधबार पोस्ट गरिएको सन्देशमा अब्बासले यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि ट्रम्पसँग काम गर्ने आशा व्यक्त गरेका छन्।

    सन्देशमा उनले विश्व अन्तर्राष्ट्रिय कानून अनुसार चल्नुपर्ने बताए । अब्बासले भने, ‘हामी शान्तिप्रति हाम्रो प्रतिबद्धतामा दृढ छौँ र हामी विश्वस्त छौँ कि संयुक्त राज्य अमेरिकाले पनि तपाईंको नेतृत्वमा प्यालेस्टिनीहरूको जायज मागलाई समर्थन गर्नेछ।’

    गाजामा एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबिच द्वन्द्व चलिरहेको छ । अमेरिकी चुनावका क्रममा इजरायल डेमोक्रेसी इन्स्टिच्युटले गरेको सर्वेक्षण अनुसार करिब दुई तिहाई इजरायली नागरिकले ह्यारिस भन्दा इजरायली हितका लागि ट्रम्प राम्रो नेता भएको विश्वास गरेका थिए ।

    यता, ट्रम्पको जितमा हमासका वरिष्ठ नेता बसम नइमले यसलाई अमेरिकीहरूको व्यक्तिगत मामिला भनेका छन्। यद्यपि उनले गाजामा जारी द्वन्द्वको अन्त्य हुने आशा व्यक्त गरेका छन् । साथै उनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्र र जेरुसेलमलाई राजधानी बनाउन सहयोगको आशा व्यक्त गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.