सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटधामको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गण्डकी परिक्रमा महोत्सव


  •    न्युजभित्तो/१३ कार्तिक २०८१, मंगलवार १४:२० 
  • दमौली (तनहुँ), १३ कात्तिक । तनहुँको प्रसिद्ध देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ गण्डकी परिक्रमा महोत्सव हुने भएको छ ।

    यही कात्तिक २९ गते देवघाटधाम गण्डकी परिक्रमा महोत्सव–२०८१ आयोजना गरिएको हो । मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमको पूर्ण पावन ऊर्जा प्राप्त गर्ने तथा संसारकै दुर्लभ तीर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्वद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले परिक्रमा महोत्सव गरिएको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको सहयोगमा हुने सो महोत्सवको तयारी बैठकमा नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटधामका पिठाधीश श्री ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पिठाधिश रमणानन्द गिरीको विशेष उपस्थिति थियो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम गण्डकी परिक्रमा महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवर, नेपाल सन्त समाजका महासचिव तथा नेपाल संस्कृत विश्वविद्यालयका प्राडा गुरुप्रसाद सुवेदी, योगी नरहरिनाथ गौ संरक्षण केन्द्र बागेश्वरीका अध्यक्ष नवराज ढकाल, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष बद्री अधिकारीलगायतले देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कात्तिक २९ गते बिहान ७ बजे देवघाटधामको वेणी सङ्गमबाट सुरु हुने उक्त गण्डकी परिक्रमा अन्तर्गत तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम ९सिद्धेश्वर मन्दिर०, दुर्गा पञ्चायन मन्दिर, चक्रवर्ती आश्रम ९मणिमुकुन्देश्वर मन्दिर०, महेश सन्यास आश्रम ९विद्येश्वर मन्दिर०, अभय सन्यास आश्रम ९रामेश्वर मन्दिर०, हरिहर सन्यास आश्रम ९हरिहर मन्दिर०, राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख ९गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर० को परिक्रमा गरिनेछ ।

    यस्तै चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आँपटारी दियालो बङ्गाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारायणगढ, हरिहर मन्दिर नारायणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

    नवलपुरतर्फ गँैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, सुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    उक्त महोत्सवमा देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारायणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रबद्र्धन र प्रचारप्रसारको मुख्य कार्यक्रम रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.