सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागेश्वरीमा त्रि दिवसीय सामुहिक गौं पूजन एवं संगीतमय गौं कथा कार्यक्रम


  •    न्युजभित्तो/१३ कार्तिक २०८१, मंगलवार १०:२६ 
  • चितवन, १३ कात्तिक । तिहारको अवसरमा योगी नरहरी नाथ गौं संरक्षण केन्द्र, बागेश्वरीमा त्रि दिवसीय सामुहिक गौं पूजन एवं संगीतमय गौ कथा कार्यक्रम हुने भएको छ । केन्द्रमा यही कात्तिक १५, १६ र १७ गते लक्ष्मी पूजा, गाई पूजा र गोबद्र्धन पूजाको अवसरमा त्रि दिवसीय सामुहिक गौ पूजन एवं संगीतमय गौ कथा कार्यक्रम आयोजना गरिएको हो ।

    केन्द्रमा आज पत्रकार सम्मेलनको आयोजना गरी हरेक दिन बिहान ७ः३० बजेबाट पूजा शुरु हुने जानकारी दिईयो । केन्द्रका संयोजक नवराज ढकालका अनुसार बि.सं. २०३९ सालबाट यस केन्द्रमा गाई संरक्षण गरिंदै आएको छ । राष्ट्रगुरु योगी नरहरिननाथबाट गौ संरक्षण शुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिंदै आएको बताउनुभयो ।

    गाईलाई लक्ष्मीको प्रतीकका रुपमा पूजा गरिने बताउँदै संयोजक ढकालले भन्नुभयो “गाईलाई तिहारको समयमा मात्रै पूजामा सीमित नगरी गाईको उचित स्याहार सुसार र संरक्षण गर्न सकेमा मात्र गाईको वास्तविक पूजा हुनेछ ।” उहाँले संरक्षण केन्द्रमा रहेका गाईहरु मध्ये ‘एउटा गाई एक दिनका लागि मैले पालन पोषण गर्छु’ भनेर एक दिनको खर्च व्यहोरेर गाई संरक्षणमा सहभागी बन्न सकिने समेत बताउनुभयो ।

    सो अवसरमा बोल्दै नेपाल सन्त समाजका महासचिव प्रा.डा. गुरुप्रसाद सुवेदीले उन्नत जातका गाई पूजा गर्दा ‘फल’ प्राप्ती नहुने बताउनुभयो । उन्नत जातका गाईमा स्थानीय जातका गाईमा हुने गुण नहुने हुँदा पवित्र हुने उहाँको भनाई छ ।

    महासचिव प्रा.डा.सुवेदीले उन्नत जातका (जर्सी लगायतका) गाईको दूध, गहुँत र गोरबमा समेत स्थानीय जातका गाईमा हुने गुण नहुने बताउनुभयो । प्रा.डा.सुवेदीले भन्नुभयो “गाईमा हुनु पर्ने गुण उन्नत जातका गाईमा हुँदैन, त्यसैले यी गाई अपवित्र भन्न मिल्छ ।”

    देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष समेत रहनु भएका प्रा.डा. सुवेदीले धार्मिक कार्यहरुमा समेत उन्नत जातका गाईको अघ्र्य (दूध), गहुँत (पिसाब) र गोरब प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले थप्नुभयो “अपवित्र भईसकेपछि त्यो पवित्र कार्यमा प्रयोग गर्दा कुनै फल प्राप्त हुँदैन ।”

    केन्द्रले स्थानीय जातका गाईको दीर्घकालिन संरक्षणका लागि अक्षयकोषको समेत स्थापना गरेको छ । कोषमा रु.एक करोड हाराहारी रकम पुगेको छ । हाल केन्द्रमा २५० भन्दा बढी स्थानीय जातका गाई रहेका छन् । तिनीहरुको पालन पोषण दाताहरुको सहयोगमा हुँदै आएको छ । दाताहरुले नगद, पराल, चोकर लगायतका सामग्री सहयोग गर्ने गरेका छन् ।

    केन्द्रले आगामी वर्षदेखि ‘गौसेवा पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने भएको छ । रु.११ हजार एक सय सहित हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिने संयोजक ढकालको भनाई छ । बागेश्वर पवित्र दीर्घस्थल देवघाट नजिक पर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.