सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ निर्धारण


  •    न्युजभित्तो/१२ कार्तिक २०८१, सोमबार १७:०३ 
  • चितवन, १२ कात्तिक । चितवनको भरतपुरमा सयपत्री र मखमली फूलको मालाको मूल्य निर्धारण भएको छ । फ्लोरिकल्चर एशोसिएसन चितवनले दुवै फूलको मालाको मूल्य एक सय रुपैयाँ निर्धारण गरेको हो ।भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसिएसनले जनाएको छ । विगतमा फूलको मालाको मूल्य फरक–फरक भएकाले यस पटक एक सय रुपैयाँ निर्धारण गरिएको एशोसिएसनको भनाइ छ ।

    एशोसिएसनले निर्धारण भएको मूल्यभन्दा धेरैमा बिक्री नगर्न फूल खेती गर्ने किसान र बिक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सयदेखि ४ सय ५० रुपैयाँ कायम गरिएको किसानले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य कम रहने गरेको छ । यस्तै भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्ला फूलमा आत्मनिर्भर भइसकेको अवस्थामा किसानलाई प्रोत्साहन गर्न महानगरले आग्रह पनि गरेको छ । चितवनमा यस वर्ष ४० बिघा क्षेत्रफलमा ३ लाख गोटा सयपत्री माला हुने फूल खेती भएको तथ्याङ्क एशोसिएसनले सार्वजनिक गरेको छ ।

    यसैबीच फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी फूल भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.