सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुध तथा दुग्धजन्य पदार्थ आयात नखुलाउन चितवनका किसानको माग


  •    न्युजभित्तो/७ कार्तिक २०८१, बुधबार १६:४९ 
  • चितवन, ७ कात्तिक । चितवनका किसानले दुध तथा दुग्ध जन्य पदार्थको आयात नखुलाउन माग गरेका छन । आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी किसानहरुले सरकारले भारत लगायतका देशबाट दुध तथा दुग्ध जन्य पदार्थको आयात खुलाउने तयारी गरेको भन्दै नखुलाउन माग गरेका हुन् ।

    नेपाल दुग्ध जन्य पदार्थमा आत्मनिर्भर भएको दाबी गर्दै स्वादेशी उत्पादनलाई प्रोत्साहन गर्न किसानले माग गरे । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले विभिन्न बाहानामा नेपालका किसानलाई धरासायी गराउनेगरी आयात नखल्न सरकारलाई अनुरोध गर्नुभयो । ‘विभिन्न बाहानाबाजीमा बेलाबेलामा मिल्क होलीडेको सामाना गरिराख्नुपर्ने बाध्यत्मक अवस्था अझै कायमै छ,उहाँले भन्नुभयो,यदि दुध आयात हुने अवस्था आए सबै किसान बिस्थापित हुने निश्चित छ ।’ किसानहरुले सरकारलाई दबाब दिएपछि तत्कालिन कृषिमन्त्री चत्रपाणि खनालका पालामा सरकारले दुग्धजन्य पदार्थको आयातमा रोक लगाएको थियो । फेरी आयात खुलाउने हो भने सम्पूर्ण किसानहरु आन्दोलनमा जाने उहाँले चेतावनी दिनुभयो । चितवनका किसानले छ महिनादेखि दुधको भुक्तानी समेत नपाएको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार यहाँका किसानले करिब ७० करोड भुक्तानी पाएका छैनन् । सरकारकै स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डिडिसी० र केही नीजि डेरीहरुले पनि दुधको पैसा नदीएको उहाँले बताउनुभयो । डिडिसीले र नीजि डेरीले ३५÷३५ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाई छ ।

    आयात रोक्नका लागि मंगलबार मात्रै चितवनका किसानले कृषि मन्त्रीलाई रामनाथ अधिकारीले भेट गरेर जानकारी गराएका छन । सो क्रममा मन्त्री अधिकारीले दुध र दुग्धजन्य पदार्थको आयात खुलाउने पक्षमा आफू नरहेको बताउनुभयो । तर आयातको निर्णय उद्योग मन्त्रालयबाट हुने हुँदा रोक्नका लागि सो मन्त्रालयलाई अनुरोध गर्ने मन्त्री अधिकारीले आश्वासन दिनुभयो ।

    चितवनमा दैनिक साढे ३ लाख लिटर दुध उत्पादन हुँदै आइरहेको छ । त्यसमध्ये ५५ प्रतिशत दुध बाहिरी जिल्लामा खपत हुने गरेको छ । दुग्ध उत्पादक सहकारी संस्थाका अनुसार चितवनमा ४० हजार किसान रहेका छन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.