सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धान खेतीको विकल्पमा सिंघारा खेती


  •    न्युजभित्तो/५ कार्तिक २०८१, सोमबार १५:५९ 
  • जलेश्वर, ५ काात्तिक । बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेकाले थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएकाले किसानहरू सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

    धानखेती डुबानमा परेर समस्या हुने र सिंघारा खेतीमा कम मेहनत गरेर राम्रो आम्दानी हुने भएकाले यहाँका सयौँ बिघामा पानी जमेको जग्गामा अहिले सिंघारा (फल) खेती गरिएको जलेश्वर नगरपालिका–१ का किसान भोगिन्द्र पासवानले बताउनुभयो । उहाँका अनुसार जमेको पानीमुनी लहरामा फल्ने सिङ्घारा एक प्रकारको गुलियो र सुन्दर फल हो । जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निक्कै लोकप्रिय छ ।

    यस वर्ष भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा (काँडेदार गुलाफी रङ्गका सुन्दर र मिठो फल) सिंघारा खेती गरिएको छ ।

    जलेश्वर– ६ का किसान गोपी मुखियाले डुबानबाट आजित भएपछि पानी जम्ने क्षेत्रका धेरैजसो किसान यस खेतीतर्फ आकर्षित भएको बताउनुभयो ।

    यसवर्ष वर्षौदेखि बाँझो रहेको जलाशयमा पनि एक सय ५० बढी घरपरिवारले सिङ्घारा खेती गरेका जलेश्वर–२ का किसान भोला मुखियाले जानकारी दिनुभयो ।

    सिंघारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयारी हुन्छन् भने स्थानीय बजारमा आकार हेरेर प्रतिकिलो रु १०० देखि एक सय ६० सम्म बिक्री हुने गरेको र यसबाट आफूहरूले प्रत्येक वर्ष राम्रो आम्दानी गरिरहेका जलेश्वर– ३ का किसान रामु सहनीले बताउनुभयो ।

    मिथिालाञ्चलभरि पूजाआजामा प्रसादका रूपमा प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीले बढी मन पराउने गरेका जलेश्वर– ८ का किसान कलमुद्दिन राईनको भनाइ छ ।

    सिङ्घारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि सिंघारा बेचेर प्रतिकिसान रु दुई देखि तीन लाखसम्म आम्दानी गर्ने गरेको स्थानीय महादेव मुखियाले बताउनुभयो ।

    जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले सिंघारा खेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगकै रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले यस फलको खेती गर्ने किसानका लागि उद्योग वाणिज्य सङ्घले आगामी दिनमा विशेष प्याकेजसहितको कार्यक्रम ल्याउनेसमेत बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.