सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दर्ता नगर्ने कन्सल्टेन्सीमाथि प्रशासनको निगरानी


  •    /१४ बैशाख २०७६, शनिबार १३:४१ 
  • बैशाख १३
    भरतपुरमा सम्बन्धन नलिई सञ्चालन गरेका शैक्षिक परामर्श केन्द्रहरुले १५ दिनभित्र सम्बन्धन ल्याउने कबुल गरेका छन् । जिल्ला प्रशासन कार्यालय, चितवनले गरेको अनुगमनमा सम्बन्धन नै नलिई सञ्चालन गरेका शैक्षिक परामर्श केन्द्रहरुले १५ दिनभित्र सम्बन्धन नल्याएमा संस्था बन्द गर्ने कबुल गरेका हुन् ।
    भरतपुर बजार क्षेत्रका सात वटा शैक्षिक परामर्श केन्द्रको अनुगमन गर्ने क्रममा तीन वटाले सम्बन्धन नै नलिई चलाएको पाईएको प्रदेश स्तरीय अनुगमन समितिका संयोजक नारायण प्रसाद लम्सालले जानकारी दिनुभयो ।
    अनुगमनको क्रममा चार वटाले पूर्ण रुपमा नियम पालना गरि चलाएको र तीन वटाले सम्बन्धननै नलिई चलाएको पाईएकोले उनीहरुलाई १५ दिनभित्र सम्बन्धन ल्याउने र नल्याएमा संस्था बन्द गर्ने भनि कबुल गराएर छाडिएको लम्सालले बताउनुभयो ।
    चितवनमा एक सय भन्दा बढि कन्सल्टेन्सी दर्ता नै नगरी सञ्चालनमा गरेको आफुहरुलाई सूचना आएको र पहिलो चरणमा केहि कन्सल्टेन्सीको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनका अनुगमन अधिकारी उमेशचन्द्र पन्थीले बताउनुभयो । टोलीले अनुगमनको क्रममा मूल्य सूची, साइनबोर्ड राखे नराखेको, व्यवसाय दर्ता र नवीकरण गरे नगरेको, स्थायी प्यान र भ्याट लिए नलिएको हेरेको पन्थीले जानकारी दिनुभयो ।
    अनुगमनको प्रतिवेदन आईतबार पं्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई पेश गर्ने र उहाँको निर्देशन बमोजिम दर्ता नभएका कन्सल्टेन्सीको हकमा के कारवाही गर्ने निर्देशन हुन्छ त्यही अनुरुपको कारवाही पनि हुन सक्ने पन्थीले बताउनुभयो । टोलीले नियमित अनुगमन गर्ने र दर्ता नभएकाको हकमा आगामी दिनमा प्रशासन थप कडा बनेर प्रस्तुत हुने अनुगमन अधिकारी उमेशचन्द्र पन्थिले बताउनु भयो ।
    चितवनमा डेढ सय भन्दा बढि कन्सल्टेन्सी दर्ता नगरी सञ्चालनमा आएको गुनासो आफ्नो संस्थामा आएको र आफुहरुले प्रशासनसँग समन्वय गरि अनुगमनको कामलाई तिब्रता दिएको उपभोक्ता अधिकार संरक्षण मञ्च, चितवनका उपाध्यक्ष विष्णु भूषालले बताउनुभयो । अघिल्लो वर्ष पनि अनुगमन गरि बन्द गराएका कन्सल्टेन्सीहरु अहिलेसम्म पनि दर्ता नगरी सञ्चालनमा आएको पाईएकाले अनुगमन गर्ने कार्य तिब्र पारेपनि त्यसको परिणाम प्रभावकारी नआएको भुषाल बताउनु हुन्छ । अनुगमनको नाममा झारा टार्ने प्रवृत्ति अन्त्य गर्न नसके त्यसले परिणाम हात नलाग्ने भूषालको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.