सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हावाहुरीसहितको बेमौसमी वर्षाले मधेसको धानबालीमा व्यापक क्षति


  •    न्युजभित्तो/४ कार्तिक २०८१, आईतवार १२:५४ 
  • काठमाडौँ, ४ कात्तिक । गएराति मधेसका विभिन्न जिल्लामा भएको बेमौसमी वर्षा र हावाहुरीले पाकेको धानसहितका विभिन्न अन्न बालीमा व्यापक क्षति गरेको छ। सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषासहितका जिल्लामा किसानले थन्क्याउन ठिक्क पारेको धान बालीमा सबैभन्दा नराम्रो असर पुगेको किसानले बताएका छन्।

    मधेसका सबैजसो जिल्लामा गएराति हावाहुरीसहित वर्षा भएको थियो। कतिपय किसानले काटेर खेतमै छाडेको धान पानीमा डुबेको छ भने काट्न बाँकी धान पनि हावाहुरीले खेतमै सोत्तर बनेको सञ्चारकर्मीसमेत रहेका रौतहटको चन्द्रपुरका सुब्बा कार्कीले बताए।

    धानबाहेक भर्खरै छरेको तोरी, चना, मुसुरोसहितका बालीमा पनि वर्षाले क्षति पुगेको किसानले बताएका छन्। हिजोअस्ती छरिएको तोरी चनासहितको खेतबालीमा पानी जमेको छ। तर, यो वर्षाले मंसिरमा पाक्ने धान, उखु, तरकारीसहितका बालीलाई भने फाइदा भएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.