सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिसो बढ्यो, बालबालिकालाई यसरी जोगाउनुस्


  •    न्युजभित्तो/२ कार्तिक २०८१, शुक्रबार १२:१२ 
  • सिर्जना खत्री

    काठमाडौँ, २ कात्तिक । मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्ति बाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।

    अस्पतालका सूचना अधिकृत रमेश नर्सिङ केसीले अस्पतालमा डेंगु र निमोनियाका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । हाल अस्पतालमा १४ जना डेंगुका बिरामी अस्पतालमा उपचाररत छन् । जसमध्ये दुई जना आइसियु र एक जनाको मेसिनको माध्यमबाट उपचार भैरहेको उहाँले बताउनुभयो । सन् २०२४ यता अस्पतालमा ७४ जनामा डेंगुका बिरामीको उपचार भइसकेको छ ।

    चाडवाडको बेलामा हरेक वर्ष बिरामी बढ्ने सूचना अधिकृत केसी बताउनुहुन्छ । उहाँका अनुसार अस्पतालमा ओपिडीमा दैनिक पाँच सयको हारहारीमा बिरामी आउने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,“अस्पतालको ओपिडीबाट पाँच सयको हाराहारीमा बिरामीले सेवा लिने गर्दछन् । चाडवाडको र मौसम परिवर्तन हुने समयमा अघिपछिको तुलनमा बिरामी बढी आउने गर्छन् ।”

    अस्पतालका बालरोग विशेषज्ञ डा। रामहरि चापगाईं मौसम परिवर्तनसँगै बालबालिकामा रुघाखोकी, ज्वरो, जण्डिस, झाडापखला, निमोनिया, टाइफाइड, दमलगायतका श्वासप्रवासको समस्या, छालाको सङ्क्रमण जस्ता स्वास्थ्य समस्या बढी देखिने बताउनुहुन्छ ।

    हाल अस्पतालको ओपिडीमा निमोनिया र डेंगुका बिरामी ह्वात्तै बढेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ,“अस्पतालमा रुघा, खोकी, ज्वरो आएर आउने अधिकाशं बिरामीलाई जाँच गर्दा निमोनिया र डेंगु पुष्टि भएको छ ।”

    सङ्क्रमणजन्य स्वास्थ्य समस्या देखिएमा तुरुन्तै औषधी किनेर नखान डा।चापागाईले आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ,“भाइरसजन्य सङ्क्रमण हुनासाथ औषधी किनेर खाइहाल्नु हुँदैन । यस्तो समस्या घरमा नै मनतातो पानी, झोलिलो खानेकुरा, नुनपानी, बेसार पकाएर खान दिएर निको बनाउन सकिन्छ ।”

    समस्या बढ्दै गएमा चिकित्सकको परामर्शमा औषधी खुवाउन डा।चापागाईंको सुझाव छ । उहाँ भन्नुहुन्छ,“बालबालिकालाई ज्वरो घटेन, सास फेर्न गाह्रो हुने जस्ता श्वाप्रश्वासमा समस्या देखिएमा तुरुन्त अस्पतालमा लैजानुपर्छ ।”बालबालिकालाई सङ्क्रमणजन्य रोगबाट बचाउन सरसरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ,“बालबालिकालाई सङ्क्रमणजन्य रोगबाट बचाउन सरसफाइमा ध्यान दिनुपर्छ । बेला बेलामा ताजा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खुवाउने, मौसमी फलफूल राम्रोसँग सफा गरेर खान दिने गर्नुपर्छ ।”

    उहाँका अनुसार यस्तो मौसममा बालबालिकालाई बिरामी हुन नदिन सरसफाइका साथै बालबालिकालाई न्यानो पारेर राख्न आवश्यक छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.