सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विमानमा बम आतंक: छत्तिसगढका किशोर पक्राउ, पैसा नदिनेलाई फसाउने उद्देश्य


  •    न्युजभित्तो/१ कार्तिक २०८१, बिहीबार १२:१६ 
  • मुम्बई, १ कात्तिक । सामाजिक सञ्जालमार्फत भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण सन्देश साझा गरेको आरोपमा मुम्बई प्रहरीले छत्तिसगढका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार दिएको जानकारी अनुसार धम्कीपूर्ण सन्देश प्रवाह गर्न प्रयोग भएको एक्सको ह्यान्डललाई पछ्याउँदा ती किशोरसम्म प्रहरी पुगेको थियो ।

    अनुसन्धानपछि प्रहरीले किशोरका पितालाई उनलाई मुम्बई ल्याउन भनेको थियो । त्यसपछि उनलाई डोंग्रीको जुभिनायल जस्टिस बोर्डसामु प्रस्तुत गरिएको थियो । उनलाई अक्टोबर २४ सम्म हिरासतमा पठाइएको छ ।

    उनले यस्तो गर्नुको कारणबारे खुलासा गर्दै जोन ८ का डेप्युटी कमिस्नर अफ पुलिस मनिष कल्वानियाले भने, ‘प्रमुख कारण पैसाको लेनदेन देखिएको छ । ती किशोरले फेक आईडी प्रयोग गरेर उनीसँग आर्थिक विवाद रहेका फजलुद्दिन निबान नाम गरेका व्यक्तिलाई फसाउन चाहेका थिए ।’

    ३० वर्षीय निबानलाई पनि प्रहरीले पक्राउ गरेको छ । ती किशोर भने ११ कक्षामा कलेज पढ्न छाडेर छत्तिसगढको राजनन्दगाउमा सानो पसल सञ्चालन गर्थे ।

    गत सोमबार सुरुमा इन्डिगो र एयर इन्डियाका एक्स ह्यान्डलमा बमको धम्की दिइएको थियो । धम्कीपछि मुम्बईबाट मस्कट र जेद्दा जान लागेका इन्डिगोका दुई विमान ग्राउन्डेड गरिएको थियो भने मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान डाइभर्ट गरिएको थियो ।

    @fazluddin69 र @fazluddin27077 नाम गरेका ट्वीटर ह्यान्डलबाट ती धम्कीपूर्ण पोस्ट गरिएको थियो । पोस्टमा विमानमा ६ केजी आरडीएक्स र ६ जना आतङ्कवादी रहेको उल्लेख गरिएको थियो ।

    ती किशोरविरुद्ध एफआईआर दर्ता गरिएको छ । उनीमाथि इन्डियन पेनल कोडको धारा १२५ अन्तरगत ३५१९४०, ३१३९१० (बी) मुद्दा दर्ता गरिएको छ ।

    बुधबार पनि बैंगलुरुबाट दिल्ली जाने आकाशा एयरमा बमको धम्की दिइएको थियो । त्यस्तै, मंगलबार स्पाइस जेट, आकाशालगायत विमानमा बमको धम्की दिइएको थियो । सोमबार यता बमको धम्कीका कारण कम्तीमा २० वटा विमान डाइभर्ट वा ढिला भएका छन् ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.