सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय बनाइने


  •    न्युजभित्तो/३० आश्विन २०८१, बुधबार ११:०९ 
  • धनुषा, ३० असोज । नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको सङ्ग्रहालय बनाउन पहल गरिने भएको छ ।

    नेपालको एक मात्र नेपाल रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं दुर्लभ वाष्प इन्जिनहरू संरक्षणको पर्खाइमा रहेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना ९मर्मत केन्द्र० मा खिया लागेर समाप्त हुने क्रममा रहेका इन्जिनहरूको संरक्षण गर्नुपर्ने आवाज उठ्ने गरे पनि तिनको संरक्षण भने हुन सकेको छैन ।

    यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ऐतिहासिक एवं दुर्लभ रहेका वाष्प इन्जिनहरू भएको धनुषाको खजुरीस्थित रेल्वे कारखानाको हालै निरीक्षण गर्नुभयो । दुर्लभ इन्जिनहरुलाई सङ्ग्रहालयमा राख्ने विषयमा सङ्घीइ सरकारसँग छलफल गर्ने बताउनुभयो । रेल्वेको इतिहास तथा वर्तमानका विषयमा अध्ययन गर्न चाहनेका लागि नेपाल रेल्वेसँग रहेको दुर्लभ इन्जिन महत्वपूर्ण हुनुका साथै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    “दुर्लभ कोइला इन्जिनहरू बेलायती सरकारको पालादेखिका हुन् । ती इन्जिनहरूलाई प्रदर्शनीमा राख्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो । पूर्व प्राध्यापक एवं अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार मिथिलामा आउने पर्यटकहरू र यहाँका भावी सन्ततीहरूका लागि पुराना कोइला तथा डिजेल इन्जिनहरूको संरक्षण आवश्यक छ । जनकपुर रेल्वेको आफ्नै इतिहास रहेकाले नयाँ पुस्तालाई जानकारी गराउन यसको संरक्षण आवश्यक रहेको उहाँको भनाइ छ । “विगतमा कुन रूपमा नेपालको रेलको विकास भएको हो । त्यसको अध्ययनमा समेत सघाउ पुग्छ”, उहाँले भन्नुभयो ।

    तत्कालीन समयमा भारतमा आफ्नो प्रत्यक्ष शासन गरेको बेलायतले निर्माण गरेको रेल्वे २०६९ सालदेखि पूर्ण रुपमा बन्द रहेको थियो । जयनगर जनकपुरदेखि विजलपुरासम्म चलेको नेरोगेज रेलको इन्जिनलगायतको अन्य भौतिक संरचनालाई सङ्ग्रहालय बनाउन आवश्यक भएको डा लाभले बताउनुभयो । नेपाल रेल्वेको कारखानामा थन्काइएका ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरलगायतका नाम दिइएका ईन्जिनहरु संरक्षणको पर्खाईमा छन् । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सङ्घीय सरकारसँग नेपाल रेल्वे कम्पनीले रु ४५ करोड माग गरेकामा रु २१ करोड मात्र दिन तयार भएको तर त्यति खर्चमा संङ्ग्रहालय बनाउन नसकिने भएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षण गर्न आवश्यक भएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.