सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुल्मीदरबारले १५ बेडको अस्पताल सञ्चालनमा ल्याउँदै


  •    न्युजभित्तो/२९ आश्विन २०८१, मंगलवार १५:४५ 
  • तिलाचन पाण्डे
    तम्घास, २९ असोज । गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ बेडको अस्पताल निर्माण सम्पन्न भएकाले सञ्चालनमा ल्याउन लागेको छ । गाउँपालिकाले एमबिबिएस चिकित्सकका लागि आवेदन खुलाएको बताउँदै अस्पताल सञ्चालनका गर्न लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक उपकरणसमेत माग गरिएकाले जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो । यसका साथै थप कर्मचारीहरूको व्यवस्थापन र आन्तरिक व्यवस्थापनका लागि पालिकाले योजना बनाएकाले उहाँको भनाइ छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरूमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा पहिलो पटक गुल्मीदरबारको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरेको हो । कूल १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपियाँको लागतमा अस्पताल अर्जुन बिल्डर्स तम्घास गुल्मीले निर्माण गरेको हो । यसका साथै चन्द्रकोट गाउँपालिको पनि अस्पताल निर्माणको कार्य सम्पन्न भएको छ ।

    शिलान्यासमै सीमित छत्रकोट

    छत्रकोट गाउँपालिकाको १५ शय्याको अस्पताल तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गर्नुभयो । वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलान्यास गरेको झण्डै चार वर्ष पुग्न लाग्दा समेत अस्पताल बन्नेमा अन्योल स्थिति छ ।

    शिलान्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर लामो कसरत पश्चात् जग्गाको व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।

    जग्गा प्राप्तिको कार्य सम्पन्न भई डिपीआर तयार भएको र डिपिआर स्वीकृत कसले गर्ने भन्ने बारेमा केन्द्रमा अन्योल रहेका कारण समस्या भएको उहाँको भनाइ छ ।

    मालिकाको बोलपत्र हुँदै

    मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्व मन्त्री तथा सङ्घीय सांसद गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गर्नुभयो । उक्त शिलान्यास गरिएको अस्पताल शिलान्यासमै मात्र सीमित भएको छ ।

    शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेको र अस्पताल निर्माण कार्य हुन नसक्ने भएकाले नजिकै जग्गाको व्यवस्थापन गरी यस वर्ष टेन्डरको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिनुभयो ।

    धुर्कोटमा बल्ल सुरु

    धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेस ९घडेरी मा०पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न सकेको थिएन ।

    गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलका अनुसार लामो समयको कसरत पश्चात् मन्त्रालयबाट डिपिआर र नक्सा परिवर्तन गरी आएकाले अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । पूर्वमन्त्री समेत रहनुभएका गोकर्णराज विष्टले शिलान्यास गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ ।

    इस्मामा २३ प्रतिशत काम

    इस्मा गाउँपालिका ४ दोहलीस्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माणको कार्य २३ प्रतिशत भौतिक प्रगति भएको छ । प्राविधिक सहायक सन्तोष थापाका अनुसार केही दिन भित्रमा पहिलो तलाको ढलान गर्ने गरी काम अगाडि बढेको छ । पहिलो तलाको ढलान सम्पन्न हुँदा ३० प्रतिशत भौतिक प्रगति हुने छ । १० करोड ८५ लाख ३६ हजारको लागतमा सुनिल समीर निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ ।

    रुरुक्षेत्रमा ७० प्रतिशत काम

    रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ को रातामाटामा निर्माणाधीन अस्पतालको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार भौतिक र आर्थिक प्रगति करिब ७० प्रतिशत भएको छ । यस आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । अस्पतालको लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिलान्यास गर्नु भएको हो ।

    प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

    कालीगण्डकीमा ४० प्रतिशत भौतिक प्रगति

    तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलान्यास गरेको अस्पतालको करिब ४० प्रतिशत भौतिक प्रगति भएको छ । गाउँपालिकाको वडा नम्बर तीन कनौटामा करिब साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निमार्णको कार्य गरेको छ । सो अस्पतालको करिब ४० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सत्यनारायण राईले जानकारी दिनुभयो । सो अस्पतालको शिलान्यास गरे लगत्तै मन्त्री ज्ञवाली प्रभुको हेली मार्फत पोखरा हुँदै मन्त्री परिषद्को बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किनुभएको थियो ।

    सत्यवती गाउँपालिकामा १५ शय्याको अस्पताल वडा नं ६ जोहाङमा निर्माणको कार्य अन्तिम तला ढलानको तयारी भइरहेको छ । पालिकाका इन्जिनियर आशिष् भट्टका अनुसार ६५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । १२ करोड बढीको लागतमा आशिष् योगेश्वर जेभी काठमाडौँ निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ ।

    मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माणको भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत शालीकराम पन्थीका अनुसार ६५ प्रतिशत भौतिक प्रगति र ६० प्रतिशत आर्थिक प्रगति भएको छ । हिमदुम–एसी निर्माण कम्पनी बाग्लुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

    मुसिकोट नगरपालिका वडा नं ७ मा १५ शय्याको अस्पतालको निर्माण कार्य ७५ प्रतिशत भौतिक प्रगति भएको स्वास्थ्य शाखा प्रमुख डिबी जिशीले जानकारी दिनुभयो ।

    उक्त अस्पतालको निर्माणको जिम्मा खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले पाएको छ । ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माण हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.