सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः माडी नगर प्रमुख महतो


  •    न्युजभित्तो/२७ आश्विन २०८१, आईतवार १२:१४ 
  • चितवन, २७ असोज । केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ ।

    स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किएर गाँउबस्ती डुवान मात्र नभई आवत–जावत गर्ने सडकमा पनि क्षति पु¥याएको छ ।

    माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो भन्नुहुन्छ, “मानवीय क्षति नभएपनि बाढीले धानबाली र माछापालनमा ठूलो क्षति पु¥याएको छ, कुलो र नहरका बाँध तथा कल्भर्ट भत्किएका छन् ।”

    खोलामा निर्माण गरिएको बाँध भत्किएर हजारौं विघाका जमिनमा पोखरी खनेर पालिएका माछा बगाएको र  काट्ने बेलाको धानबालीमा बाढी पसेर नष्ट बनाएको उहाँको भनाइ छ ।

    नगरप्रमुख महतोसँग राससका प्रतिनिधिले बाढी र डुवानबाट धानबाली, माछापालन, तटबन्ध, सडक र कल्भर्टमा भएको क्षति तथा पुननिर्माणका प्राथमिकताबारे गरेको कुराकानीको सम्पादित अशंः

    प्रमुख महतो

    पछिल्लो बाढी र डुबानका घटनाबाट यस क्षेत्रका सयौं विघा खेतीयोग्य उब्जाउ जमिन खोलाले कटान गरेको छ । भित्रयाउन ठिक्क बेला भएको धानबाली र बिक्रीका लागि तयारी भइरहेको माछापालनमा ठूलो नोक्सान भयो । गाँउबस्ती डुवानमा परेर तहस–नहस भयो । सहजरुपमा सडक यातायात आवागमनमा अझै असज छ । बाढीले तटबन्धमा क्षति पु¥याएको छ । कुलो र नहरका बाँध भत्किएका छन् । 

    बाढी र डुवान घटेपछि नगरपालिकासँग भएका डोजर र स्काभेटरसहितका उपकरण प्रयोगलाई प्राथमिकता निर्धारणको कार्ययोजना बनाई सडकमा दसैँका बेला कम्तीमा पनि दमकल, एम्बुलेन्स र पाहुनालाई  घरसम्म पुग्न सक्ने गरी सडक तयार गरियो । तथापी, यस क्षेत्रमा रहेका ठूला खोलामा क्षति भएका पुललगायतका संरचनामा स्थानीय तहको बजेट प्रयोग गरी तत्काल निर्माण गर्न सक्ने सम्भावना भएन । 

    त्यसका लागि सङ्घ र प्रदेशको सहयोग चाहिन्छ । केही दिनका भगिरथ प्रयासपछि अहिले सामान्यतया सडक यातायात आवत–जावत गर्न सकिने अवस्था सिर्जना गरिएको छ । बाढी र डुबानका घटना लगत्तै  दसैँ आएकाले टोल छिमेकिलाई प्रभावित परिवारलाई सहयोग तथा सरसापट, अइँचो–पइँचो गरेर दसैँ मनाउने व्यवस्थाका लागि अनुरोध गरिएको छ । 

    चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउने अनुरोध गरेका छौँ । अहिले सरसापट गरेर दसैँ मनाउँला, धान भित्र्याएपछि ऋण तिरौंला भनेर बसेका किसानका सपनालाई बाढीले तुषारापत बनाइ दिएको छ । खेत खण्डहरमा परिणत भएको छ भने माछा बेचेर दसैँ मनाउने सोच बनाएका किसान पोखरीमा बाढी पसेपछि विचल्लीमा परेका हुन् । 

    यस क्षेत्रका एउटा  किसान परिवारको कम्तीम रु ५० हजारदेखि  १० लाखसम्म किसान क्षति भएको छ । माडी धान र माछा उत्पादनमा मुलुकमै कहलिएको क्षेत्र हो । खासगरी स्थानीय घाँघर खोलाले ठूलो क्षति पु-यायो भने रिउलगायतका चुरेबाट निष्कने स–सना खोला र खहरेले पनि उत्तिकै नोक्सानी पु¥याएको छ । 

    खेतमा अहिले ढुङगा र बालुवा थुप्रिएकोछ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । केही प्रभावित परिवारलाई सङ्घ संस्थाको सहयोगमा केही राहत वितरण गरिएको छ । विपद्का बेला आफूले मात्रै होइन, दसैँ मनाउन छिमेकीलाई पनि सरसहयोग गरौँ भनेर नगरपालिकाले सबैलाई आह्वान गरेको छ । उहाँहरुले पनि अप्ठ्यारो र गाह्रो परेकालाई सहयोग गरिरहनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.