सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतका सबै ग्रामीण सडक सञ्चालन


  •    न्युजभित्तो/२३ आश्विन २०८१, बुधबार १६:१९ 
  • पर्वत, २३ असोज । नेपालीहरुको महान् पर्व बडादसैँको मुखैमा बर्खायाममा अवरुद्ध बनेका यहाँका सबैजसो ग्रामीण सडक सञ्चालन भएका छन् । यस वर्षको मनसुन पनि सकिनै लागेको र चाडपर्व मनाउन ग्रामीण क्षेत्रमा आउने यात्रुहरुलाई दृष्टिगत गर्दै जिल्लाका मुख्य तथा सहायक सडक सञ्चालन गरिएको हो । पर्वतका सातवटै पालिकाले बजेट व्यवस्थापन गरेर दसैँ अगावै सडक सञ्चालन गरेका हुन् । अधिकांशले डोजर र स्काभेटरको प्रयोग गरेका थिए भने केही पालिकाले उपभोक्ता समितिमार्फत सडक सरसफाइ गरेका हुन् ।

    अहिले सदरमुकाम जोडिने कुनै पनि सडक अवरुद्ध नरहेको पर्वत यातायात व्यवसायी समितिले जनाएको छ । गाउँ फर्किने र खाद्यान्न ढुवानी गर्ने सबैखाले सवारी साधन सहज रुपमा गाउँगाउँमा पुग्न थालेको पर्वत यातायात व्यावसायी समितिका सञ्चालक हेम शर्मा पौडेलले बताउनुभयो । वर्षा रोकिएकाले कच्ची सडकमा सवारी साधन चलाउन पनि सहज भएको छ ।

    फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले मुख्य सडक मात्र नभई टोलटोलमा पुग्ने सडक मर्मत तथा सरसफाइ गरेर यातायात सञ्चालन गरिएको बताउनुभयो । उहाँले नगरपालिकाका दुईवटा डोजर प्रयोग गरेर एक सातामा सबै सडक खुलाइएको बताउनुभयो । जिल्लाको मुख्य सडकको सूचीमा रहेका दोविल्ला–फलेवास, दोविल्ला–ठुलीपोखरी–कार्किनेटा, कालीगण्डकी करिडोर, बेनी–मालढुङ्गा, मध्य पहाडी लोकमार्गको पर्वत खण्ड, पातीचौर–देउपुर–लप्सीबोट तथा देउराली जोड्ने, कुश्मा–दुर्लुङ, अर्मादी–बनौ, मिलनचोक–शालिजा–भोटेडाँडा, चिसापानी–हुवास–त्रिवेणी–खहरेखोला, लमाए–लुङ्खु–हुवासजस्ता मुख्य सडक मात्र नभई अन्य सडक सञ्चालन भएका यातायात व्यावसायीले बताएका छन् ।

    पालिकाहरुले चाडपर्वलाई लक्षित गरेर सडक मर्मत गरिदिँदा गाउँ फर्किनेलाई सहज भएको ट्राफिक प्रहरी प्रमुख सीताराम ओझाले जानकारी दिनुभयो । सडक सुविधायुक्त भए पनि कुश्माबजारको ट्राफिक व्यवस्थापनमा समस्या आएको छ । दसैँमा पनि निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा नआउँदा सवारी साधन पार्किङले समस्या बढाएको उहाँको भनाइ छ ।

    प्रहरीले यात्रु तथा सवारी चालकको सुविधाका लागि सदरमुकाम कुश्माबजार र दक्षिण पर्वतको पैंयुँ गाउँपालिकास्थित हातेमालोचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सवारी दुर्घटना न्यूनीकरणका साथै सवारीधनीबाट यात्रु ठगिनबाट जोगाउनका लागि यात्रु सहायता कक्ष प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.