सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रम्पलाई राष्ट्रपति बनाउन सबै कुरा गर्न तयार छुः मस्क


  •    न्युजभित्तो/२२ आश्विन २०८१, मंगलवार १४:४० 
  • वासिङ्टन, २२ असोज । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सो निर्वाचनमा रिपब्लिकन दलको तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । उता, डेमोक्रेटिक पार्टीबाट वर्तमान उप–राष्ट्रपति प्रतिस्पर्धामा छिन् । चुनावी अभियान यतिबेला तीव्र बनेको छ । यसैबिच दिग्गज अमेरिकी व्यापारी एलन मस्कले सोमबार ट्रम्पलाई दोहोर्‍याएर राष्ट्रपति बनाउन आफूले सबै कुरा गर्न तयार रहेको बताएका छन् ।

    यसबाहेक मस्कले ह्यारिसमाथि कटाक्ष गरेका छन् । उनले चुनाव जिते लोकतन्त्रमा खतरा हुने उनको दाबी थियो । ‘मेरो विचार यो छ कि यदि ट्रम्पले चुनाव जितेनन् भने यो पटकको चुनाव अन्तिम हुनेछ,’ उनको भनाइ थियो । हालैका वर्षहरूमा मस्क कयौँ विवादहरूमा घेरिएका छन् ।

    केही राज्यहरूमा अवैध आप्रवासीहरूलाई जानाजानी राखिएकोमा आफू विश्वस्त रहेको र यिनीहरूलाई डेमोक्रेटको पक्षमा मतदान गर्न नागरिकता दिइने अभिव्यक्ति उनले दिएका थिए । अमेरिकामा अबको सरकार पनि डेमोक्रेट नै भयो भने सबै अवैध आप्रवासीहरूलाई वैध बनाइने र अर्को चुनावमा कुनै स्विङ स्टेट नरहने अनि अमेरिका एक दलीय देशमा परिणत हुने उनको दाबी थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.