सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो


  •    न्युजभित्तो/२१ आश्विन २०८१, सोमबार १२:३१ 
  • चितवन, २१ असोज । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यो समयमा चोरी सिकारीका घटना बढी हुने भएकाले सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । नियमित जाँचसँगै आकस्मिक गस्ती र जाँचलाई बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्ज क्षेत्रमा रहेका ६७ वटा पोष्टलाई चुस्त बनाएका छौँ । अझै प्रभावकारी रूपमा काम गर्नका लागि समुदायसँग नियमित सम्पर्कमा रहन निर्देशन गरिएको छ ।”

    नेपाली सेना र निकुञ्ज प्रशासनका ती पोष्टबाट नियमित गस्ती र सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँले थप्नुभयो, “चाडपर्वको समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि समुदायमा आधारित चोरी सिकारी नियन्त्रण एकाइलाई समेत चनाखो रहन आग्रह गरिएको छ ।” यहाँ पाइने पाटेबाघ र एकसिङ्गे गैँडाको चोरी सिकारी विगतका वर्षहरू चाडपर्वको समयमा बढी हुने गरेको भन्दै पुनले यो समयमा हात्तीबाट गरिने गस्ती, पैदल गस्ती, साइकल गस्तीलगायतलाई थप प्रभावकारी बनाइएको बताउनुभयो ।

    चाडपर्वको समयमा चोरी सिकारी हुनसक्ने क्षेत्रको पहिचान गरी संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन र व्यवस्थापनको काम गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्ला समयमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाइएको उहाँले बताउनुभयो । यस वर्ष निकुञ्ज र आसपासको क्षेत्रमा छवटा गैँडा मृत फेला परेका छन् । यसमध्ये एउटालाई करेन्ट लागेर मारिएको छभने अन्य कालगतिले मरेका हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.