सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिडिया कप फुटसलको उपाधि एटुजेट समाचारलाई


  •    न्युजभित्तो/१९ आश्विन २०८१, शनिबार १८:२४ 
  • भरतपुर, १९ असोज । चितवनको पहिलो रेडियो सिनर्जी एफएमद्वाारा आयोजित मिडिया कप फुटसलको उपाधि एटुजेट समाचारले हासिल गरेको छ। एफएमले नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आज प्रतियोगिता आयोजना गरेको हो ।

    आज भएको प्रतियोगिताको फाइनलमा इच्छाकामना रेडियोलाई पराजित गर्दै एटुजेट समाचार विजेता बन्यो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाइब्रेकरमा एटुजेट समाचारले जित हात पारेको हो ।

    प्रतियोगिताको विजेता एटुजेड समाचारले ट्रफीसहित ३० किलोको खसी तथा उपविजेताले २६ किलोको खसी प्राप्त गरेका छन् । विजेतालाई सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहनलाल प्रधान, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञावाली, सचिव दिपेन्द्र अधिकारीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

    चाडपर्वको समयमा मिडिया हाउसहरुबीच शुकामना आदान प्रदान तथा आत्मियता साटासाटका लागि प्रतियोगिता आयोजना गरिएको एफएमले जनाएको छ । प्रतियोगितामा चितवन र नवलपुरका बिभिन्न ९ वटा मिडिया हाउसहरु सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.