सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्तिको आक्रमणबाट सौराहामा माउतेको मृत्यु


  •    न्युजभित्तो/१८ आश्विन २०८१, शुक्रबार १७:१९ 
  • चितवन, १८ असोज । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा आज(विहिवार)साँझ सात बजे गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो ।

    ‘बाहिरबाट सामान किनेर दुई जना खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रैछ । सिमलको रुखमा लकेर बसेको गोविन्दे हात्तीले आक्रमण गर्दा साँझ सात बजे एक जना कर्मचारीको मत्यु भयो’- चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले भने ।

    उनी पछुवा पदमा कार्यरत थिए । पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएको उनले बताए । अर्का एक जना भने भागेर बाच्न सफल भएको उनले जानकारी दिए । गोविन्दे जंगली हात्ती हो । पोथी हात्तिको खोजिमा सौराहाको खोरसोरमा आउने गर्दछ । यसअघि झयाप्ले खोलाको पहिरोमा परेर निकुञ्जमा स्काउटपदमा कार्यरत तेज बहादुर विष्टको मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.