कावासोती, १८ असोज । असोज ११ र १२ गतेको परेको अबिरल बर्षा पछी नारायणी नदीमा आएको बाढी र डुवानबाट प्रभाबित नवलपुरका स्थानीयहरुलाई बिहीबार लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रक ३२५ आरले राहत सामाग्री प्रदान गरेको छ । मध्यबिन्दु नगरपालिका वडा नंं २ कोल्हुवाका २१२ घर धुरीलाई दाल, चामल, नुन लगायतका खाद्य सामाग्री तथा ओड्ने ब्याङ्ककेट र ओच्छ्याउने म्याट प्रदान गरेको हो । सो सहयोग लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रक ३२५ आरले आफ्नो आपतकालिन कोषबाट गरेको हो ।
बाढी र डुवानबाट प्रभाबित स्थानीयलाई सो राहत सामाग्रीहरु मध्यबिन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारी तथा मध्यबिन्दु नगरपालिका वडा नं २ का वडा अध्यक्ष रामभक्त अधिकारी तथा वडा नं ४ का वडा अध्यक्ष डिल्लीराम महतोको उपस्थितीमा प्रदान गरिको हो ।
राहत बितरण कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले मानविय र सामाजिक कार्य गर्ने लायन्स क्लबले गरेको सहयोगबाट आफू अत्यन्तै प्रभाबित भएको बताउनुभयो । बिगतमा पनि लायन्सले यस प्रकारका सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि यसै गरी हातेमालो गर्दै हिड्न आफु ईच्छुक रहेको वहाँले बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रक ३२५ आरका डिष्ट्रक गर्भनर दिनानाथ न्यौपानेले दशैको मुखमा नारायणी नदिमा आएको बाढी र डुवानबाट भएको क्षतीले आफुहरुलाई दुखी बनाएको बताउनु भयो । वहाँले राहत सामाग्री बितरण गर्दै माता दुर्गा भवानीले समस्या सँग जुध्न सक्ने अझ धेरै शक्तीे प्रदान गरुन भन्दै आफुहरुको सहयोगले प्रभाबितहरुका लागि केही राहत पुग्ने बिश्वास लिएको बताउनुभयो ।
कार्याक्रममा डिष्ट्रक ३२५ आरका प्रथम भाईस डिष्ट्रक गर्भनर नवराज सापकोटा, कोषाध्यक्ष शंकर नेपाल, विपद ब्यावस्थापन र राहत समितिका संयोजक पूर्ण प्रसाद शर्मा लगायतका लायनहरुको उपस्थित रहेको थियो ।
बिहीबार नैं लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रक ३२५ आरले कावासोती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारी एवं वडा सदस्यहरुको उपस्थितीमा बाढी र डुवानबाट प्रभावित २५ घर परिवारलाई राहत सामाग्री बितरण गरेको थियो ।