सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी


  •    न्युजभित्तो/१७ आश्विन २०८१, बिहीबार १६:२८ 
  • चितवन, १७ असोज । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।

    रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले एक मान्छे गहिरो खाल्टो बनाएको थियो । उहाँले भन्नुभयो, “अब करिब पूर्ववतः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिन्छ ।”

    हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति भएको छ । “उहाँको सँगै १५ रेष्टुरेन्ट बाढीले असर पु¥याएको छ, रेष्टुरेन्ट सञ्चालकको छाता संस्था क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन ९रेवान० का अध्यक्ष ध्रुव गिरीका अनुसार अधिकांश क्षति पुगेका रेष्टुरेन्ट मर्मत र सरसफाइ गरेर सञ्चालनमा आउन थालेका छन्”, उहाँले भन्नुभयो, “बाढीपछि अब हामी पर्यटकको पर्खाईमा छौँ ।”

    बालुवा र पाँगो माटोले कतै भरिएको तथा कतै बाढीले खोतलेका ठाउँ र संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार राप्ती किनारका केही होटलमा नदीको बाढी पसेको थियो । ठूलो क्षति नभए पनि आंशिक क्षति केही होटलमा पुगेको थियो ।

    होली लज, सपना भिलेज, होटल रिभर साइड लगायतका होटलमा बाढी पसेको थियो । ती होटलको पनि सरसफाइ र मर्मत गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बाढीका कारण अहिले सौराहाका कुनै होटल बन्द छैनन् ।” गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले धेरै राजमार्गमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ । गिरीका अनुसार अहिले सौराहामा बढीमा ५०० पर्यटक छन् । गत वर्ष यही समयमा दैनिक चार हजार बढी पर्यटक हुने गर्दथे । तीमध्ये आधा तेस्रो मुलुकका, ३० प्रतिशत नेपाली र २० प्रतिशत चिनियाँ पर्यटक हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    लामो समय बस्ने पर्यटकलाई भिसा निःशुल्क गर्न र चितवन राष्ट्रिय निकुञ्ज प्रवेशको टिकट काटेपछि सात दिन हुने व्यवस्था गर्न सकेमा पर्यटकको सङ्ख्या बढ्ने उहाँ बताउनुहुन्छ । अहिले हरेक दिन निकुञ्जको टिकट काट्नुपर्ने हुन्छ । टिकटको अवधि बढाएमा सौराहासहित पश्चिम चितवन, माडी र चेपाङ मार्गमा पर्यटकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।

    सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यस वर्ष बाढी नआउँदा पनि उत्साह नदेखिएको भन्दै बाढी आएपछि थप प्रभावित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विश्व बजारमा नेपालमा घुम्ने रुचि कम भएको पाइयो ।” विदेशी पर्यटकको सङ्ख्या घटेको र नेपाली आउने समयमा बाढीका कारण बाटो अवरुद्ध हुँदा समस्या भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाटो बन्द छन्, जहाजको टिकट महँगो छ, त्यो पनि पाइदैन, पर्यटक कसरी आउन सक्नु रु”

    सङ्घका महासचिव गुणराज थपलिया यस वर्षको मुख्य यामको सुरुवातीमा पर्यटकको आगमनमा निकै आएको बताउनुहुन्छ । त्यसका कारण पर्यटनसँग सम्बन्धित क्षेत्र प्रभावित बनेको उहाँको भनाइ छ । सौराहामा ४५ निजी हात्ती छन् । ठूलो सङ्ख्यामा जीप, डुङ्गा सबै प्रभावित बनेका छन् । यहाँका १३८ होटल, १०० हाराहारी रेष्टुरेन्टमा अर्बौको लगानी छ । थपलियाका अनुसार एकै रातमा छ हजार ६०० भन्दा बढी अट्न सक्ने क्षमता सौराहामा छ । यद्यपि पर्यटक नहुँदा समस्या भएको उहाँ बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.