सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार ढकालद्वारा आमाको नाममा आश्रितलाई खाना


  •    न्युजभित्तो/१६ आश्विन २०८१, बुधबार १३:४८ 
  • चितवन, १६ असोज । पत्रकार नवराज ढकालले स्वर्गीय आमा मायादेवी ढकालको नाममा आज चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई खाना खुवाउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुरमा रहेको आश्रममा रहेका ४७ जना आश्रितहरुलाई उहाँले खाना खुवाउनु भएको हो ।

    उहाँले भन्नुभयो “आमा मुख्य खम्बा नहुँदा दशैं खल्लो छ, रमाईलो छैन, आमाको स्मरणमा आश्रममा रहनु भएका आमाहरुलाई भोजन गराएँ ।” आफ्नो सानो सहयोगले आश्रमलाई पनि सहयोग हुने भन्दै उहाँले सबैले यस्तो प्रकारको सहयोग गर्नुपर्ने बताउनुभयो ।

    सो अवसरमा बुबा भोलानाथ ढकाल, श्रीमती जानुका ढकाल, छोरी बिनिता ढकाल, छोरा विजन ढकाल र नाति जेविन ढकाल सँगै रहनु भएको थियो । उहाँका जेठो छोरा विनय र बुहारी प्रेजु ढकाल जापान हुनुहुन्छ । परिवारका सबैले आमाको सम्झना गर्दै खाना खुवाएका पत्रकार ढकालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.