सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो


  •    न्युजभित्तो/१६ आश्विन २०८१, बुधबार १३:२५ 
  • काठमाडौँ, १६ असोज । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । माघ दोस्रो साता यताको यो संख्या हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ ।
    ईडीसीडीका प्रमुख डा.यदुचन्द्र घिमिरेका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा डेंगु, झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम हुने देखिएको छ । ‘बाढी प्रभावित क्षेत्रमा खाने बस्ने ठाउँ छैन, त्यस्तो अवस्थामा रोगको झनै जोखिम हुन्छ नै’ उनी भन्छन्, ‘यस्तो अवस्थामा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’

    बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने उनी सुझाउँछन् । खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँग हात धुन र व्यक्तिले जथाभाबी दिसा पिसाब गर्न नगर्न मन्त्रालयको आग्रह छ । विशेषगरी बालबालिका, दिर्घरोगी, गर्भवती महिला र रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई पानीजन्य रोगको जोखिम बढी हुने भएकाले व्यक्तिगत सरसफाइ ध्यान दिनुपर्ने देखिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.