सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि सरकारले पहिलो किस्ता तत्काल उपलब्ध गराउने


  •    न्युजभित्तो/१५ आश्विन २०८१, मंगलवार १५:३१ 
  • काठमाडौं, १५ असोज । सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ ।

    मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ । सोही निर्णय अनुसार लाभग्राहीलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको छ,’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले भने ।

    प्रभावितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.