सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा


  •    न्युजभित्तो/१४ आश्विन २०८१, सोमबार १५:५२ 
  • चितवन, १४ असोज । चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

    नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरि आयोजना गरिएको शो असोज १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हनेछ । २० भन्दा बढी ब्राण्डका गाडी प्रर्दशनीमा राखिने चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा गाडी तथा मोटरसाइकलहरु प्रदर्शनीमा राखिनेछ । त्यसमा करिब ८० प्रतिशत बिद्युतिय सवारीसाधनहरु रहनेछन । प्रर्दशनी कक्षभित्र २१ वटा स्टल समेत रहने उहाँले बताउनुभयो । जस्मा कार, जिप, मोटरसाइकल र स्कुटरको स्टल रहनेछन् । जिप र माइक्रोको समेत पाँच वटा स्टल प्रर्दशनी हल बाहिर चौरमा रहनेछन् ।

    मेलामा करिब ३० करोडको कारोबार हुने लक्ष्य राखिएको पियाले बताउनुभयो । बिहान ९ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मेलामा ५० हजार बढिले अबलोकन गर्ने अनुमान गरिएको छ । गाडी किन्ने ग्राहकहरुलाई आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ । बडादशैंको अवसरमा सवारीसाधन खरिद गर्ने प्रचलनलाई सहयोग पु¥याउन ‘काडा अटो शो’ आयोजना गरिएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.