मौवाखोलाको पहिरो पन्छाएर राजमार्ग दुइतर्फी सञ्चालन गरिँदै
न्युजभित्तो/१४ आश्विन २०८१, सोमबार ११:२७
चितवन, १४ असोज । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवा खोलामा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन शनिवार खसेको लेदोसहितको पहिरो पन्छाउन लागिएको छ । एकतर्फी सञ्चालन भइरहेको राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन लागिएको हो ।
आज बिहान ८ः२५ देखि पहिरो पन्छाउने काम सुरु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
‘२०र२५ मिनेटजति गाडी रोक्दै पहिरो पन्छाउने काम भइरहेको छ । करिब ३ घण्टामा सबै पहिरो पन्छाएर सकिने अनुमान छ’, उनले भने ।