सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीमा फसेका दूधे बच्चा बोक्दै उद्धारमा नगर प्रमुख


  •    न्युजभित्तो/१३ आश्विन २०८१, आईतवार १८:३३ 
  • रत्ननगर (चितवन), १३ असोज । बाढीको वितण्डासँगै एक नगर प्रमुखले दूधे बालक च्यापेर उद्धार गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले डुंगामा चढेर सुकुम्बासी वस्तीबाट एक नाबालकसहितका परिवारलाई उद्धार गर्दै गरेको तस्वीरले धेरै प्रशंसा पायो ।

    जनप्रतिनिधिबाट आम सर्वसाधारणले खोज्ने अपेक्षा धेरै होलान् तर उदाहरणीय काम एउटैले पनि धेरैको मन जित्न सक्छ । त्यस्तै उदाहरणीय काम गरेकै कारण यतिबेला मेयर सापकोटा रत्ननगरवासीको लागि मात्रै होइन, सिंगै देशभरवासीका लागि उदाहरणीय जनप्रतिनिधि बन्नु भएको छ ।

    रत्ननगर नगरपालिका वडा नं. ८ रमाइलो सुकुम्बासी वस्तीका २७ घरधुरीका १२५ जनालाई प्रमुख सापकोटाको टोलीले शनिबार उद्धार गरेको थियो । उहाँले भन्नुभयो “बुढी राप्ती वस्ती पसिकेको थियो । थोरै ढिलो भएको भए ठूलो क्षति हुन्थ्यो ।” आमाले दूध चुसाईरहेको १० महिनाको बालक प्रमुख सापकोटाले काखमा च्यापेर अरुसँगै काठको डुंगाबाट उद्धार गर्नुभएको थियो ।

    उहाँले थप्नुभयो “जब हामीले सबैलाई बाहिर ल्यायौं, त्यसपछिको बाढी देखेर मेरो मुटु हल्लियो । मैले निकै जोखिम मोलेँ भन्ने मलाई लाग्यो । तर धेरै सन्तुष्ट छु ।” बाढीसँगै बगेर आएका सर्प र धमिलो पानीमा भित्रभित्रै आउने गोहीको प्रवाह नगरी उहाँ उद्धारमा खटिनु भयो । त्यसो त पानीमा आएका सर्पलाई धकेल्दै उहाँ वस्तीसम्म पुग्नुभयो ।

    मेयरसँगै त्यहाँ पुगेका अरु अग्लो ठाउँमा बसेर हेरिरहँदा उहाँ बाढीमा डुंगा लिएर गएको स्थानीय पत्रकार होमनाथ सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “प्रमुख सापकोटा र म डुंगामा जोखिम मोलेरै भए पनि गयौं, र बचाउन सक्यौं ।” त्यतिबेला बुढी राप्तीको बाढीले घाँटीघाँटी पानी आईसकेको थियो । बाघमारा सामुदायिक वनबाट काठको डुंगा मगाएर उद्धार गरिएको हो ।

    उद्धार गर्न उपप्रमुख यादवप्रसाद पाठक, वडा नं. ७ का अध्यक्ष सजना महतो, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ लगायत पनि त्यहाँ पुग्नु भएको थियो । उद्धार गरिएकालाई ग्रिन सोसाईटीको भवनमा राखिएको छ । आज बाढी घट्दै गएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.