सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला


  •    न्युजभित्तो/१३ आश्विन २०८१, आईतवार १५:०० 
  • भरतपुर, १३ असार । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा आज (आइतबार) सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नर बहादुर रानाले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

    असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा।लि। मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क बिहिन भएको थियो । काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको रानाले जानकारी दिनुभयो ।

    ‘शुक्रबार चितवनबाट काठमाडौको लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक, सहचालक पनि सम्पर्कमा छैनन’, प्रालिका अध्यक्ष रानाले भन्नुभयो–‘सम्पर्कमा नआएका यात्रुका आफन्तहरुले पनि फोन गरिरहेका छन्, पहिरो झरेको ठाउँमा नै पुरियो की भन्ने आशंकाले हामी त्यसतर्फ जाँदैछौं ।’ माइक्रोबसका चालक आन्नद राजबंशी आफु नै थिए । उहाँले नारायणगढबाट आफुले नै चलानि काटेर साथमा लिएर गएको उनले जानकारी दिनुभयो । रानाका अनुसार चितवनका ८ जना यात्रुका परिवार सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका यात्रुका परिवार मध्ये अधिकांश चितवनका रहेका छन् ।

    टिकट काउन्टरबाट चलानी नबनाई हिँडेकोले सम्पर्कमा नरहेका यात्रुको संख्या समेत यकिन गर्न नसकिएको व्यवसायीहरुले बताएका छन् । प्रहरीले भने पहिरो निकै ठूलो रहेको र उद्दारको क्रममा शवहरु एक पछि अर्को भेटिरहेकोले पहिरोमा कति सवारी पुरिएका छन् र कति यात्रु पुरिएका होलान् भन्ने सम्म आकलन गर्न सकेको छैन । शनिबार राती एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्दार टोलीले आइतबार बिहान थप तीन जनाको शव निकालेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.