सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट काठमाडौं गएको माइक्रोपनि सम्पर्कबिहिन


  •    न्युजभित्तो/१३ आश्विन २०८१, आईतवार ११:४८ 
  • भरतपुर, १३ असार । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौ छुटेको माइक्रोबस पनि सम्पर्क बिहिन भएको छ । सो माइक्रोपनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ ।

    असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा।लि। मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क बिहिन भएको प्रालिका अध्यक्ष नर बहादुर रानाले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

    काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको रानाले जानकारी दिनुभयो । ‘शुक्रबार चितवनबाट काठमाडौको लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक, सहचालक पनि सम्पर्कमा छैनन’, प्रालिका अध्यक्ष रानाले भन्नुभयो–‘सम्पर्कमा नआएका यात्रुका आफन्तहरुले पनि फोन गरिरहेका छन्, पहिरो झरेको ठाउँमा नै पुरियो की भन्ने आशंकाले हामी त्यसतर्फ जाँदैछौं । ’

    टिकट काउन्टरबाट चलानी नबनाई हिँडेकोले सम्पर्कमा नरहेका यात्रुको संख्या समेत यकिन गर्न नसकिएको व्यवसायीहरुले बताएका छन् । प्रहरीले भने पहिरो निकै ठूलो रहेको र उद्दारको क्रममा शवहरु एक पछि अर्को भेटिरहेकोले पहिरोमा कति सवारी पुरिएका छन् र कति यात्रु पुरिएका होलान् भन्ने सम्म आकलन गर्न सकेको छैन । शनिबार राती एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्दार टोलीले आइतबार बिहान थप तीन जनाको शव निकालेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कक्षा पाँचको परीक्षा नगरस्तरीय बनाउँदै कालिका नगरपालिका, शुक्रबार ‘बुक फ्रि’
    सांसदको संख्या घटाऔं, गैरसांसद मन्त्री नियुक्त गरौं: नारायणकाजी श्रेष्ठ
    २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकियो
    • हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध
    • संरचनात्मक सुधारमा सरकार कठोर होस्, प्रमुख प्रतिपक्षी दलको समर्थन रहन्छ: पूर्वअर्थमन्त्री शर्मा
    • सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
    • गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.