सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल ग्रुपले यसै बर्ष थप चार क्षेत्रमा लगानी बिस्तार गर्ने


  •    न्युजभित्तो/११ आश्विन २०८१, शुक्रबार १६:०४ 
  • भरतपुर, ११ असोज । शैक्षिक क्षेत्रमा अब्बल संस्थाको रुपमा स्थापित हुँदै गइरहेको सेन्ट्रल ग्रुपले थप चार क्षेत्रमा लगानी विस्तार गर्ने भएको छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा।ली र सेन्ट्रल मोडेल कलेज संचालन गर्दै आइरहेको ग्रुपले लगानी विस्तार गर्न लागेको हो ।

    सेन्ट्रल ग्रुपका अध्यक्ष यज्ञा विलास (वाइबी) पौडेलले चितवन,नवलपुरलाई केन्द्र बनाएर थप चार क्षेत्रमा लगानी विस्तार गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार ग्रुपले फाउण्डेशन, मिडिया, ट्राभल एण्ड टुर र मेनपावरमा लगानी बढाउन लागेको हो ।

    ‘अहिलेपनि धेरै क्षेत्रमा सामाजिक काम गर्दै आइरहेका छौं,पौडेलले भन्नुभयो,अझै विस्तार गर्दै लैजानका लागि फाउण्डेशन स्थापना गर्न लागेको हो ।’ उहाँले फाउण्डेशन मार्फत सामाजिक सेवाका काम निरन्तर गरिने बताउनुभयो । बैदेशिक रोजगारीमा जाने चितवन, नवलपुर आसपासमा नागरिकलाई लक्षित गरेर मेनपावर संचालन गर्न लागेको पौडेलले बताउनुभयो । यस्तै ग्रुपले मिडियामा समेत लगानी गर्ने भएको छ । चितवनलाई केन्द्र बनाएर राष्ट्रिय स्तरको मिडिया सञ्चालनको तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

    सेन्ट्रल कलेजमार्फत उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थी र रोजगारी तथा भिजिटका लागि जानेहरुलाई लक्षित गरेर ट्राभल एण्ड टुर सञ्चालनको तयारी रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

    सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया, लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा, भिसा प्रोसेसिङ र तालिमका कक्षाहरु संचालन गर्दै आइरहेको छ । मुख्य कार्यालय चितवनको भरतपुर ओरालोमा रही विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयको व्याचलर प्रोग्राम अन्तर्गत बिएचएम र बिआइएमका कक्षा संचालन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.