सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि


  •    न्युजभित्तो/१० आश्विन २०८१, बिहीबार १६:५० 
  • गाईघाट (उदयपुर), असोज । नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् ।

    गाईघाट सङ्गमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार दुई दिनअघिसम्म बजारका हरेका पसलमा खानेतेल प्रतिपाकेट रु एक सयका दरले पाउने गरिएकामा मङ्गलबारदेखि प्रतिपाकेट रु एक सय २० देखि रु एक सय २२ सम्म पर्ने गरेको छ । यसरी चाडपर्वको मौका पारेर व्यापारीले मूल्य वृद्धि गरिरहेका भन्दै उहाँले सरोकार भएका निकायले आवश्यक अनुगमन गरी मूल्य वृद्धि रोक्नुपर्नेमा जोड दिनुभयो ।

    उपभोक्ता दीपा बस्नेतले चार दिन अघिसम्म मुसुरो दाल रु ९० देखि रु एक सय प्रतिकिलोका दरले पाइने गरेकामा मङ्गलबारदेखि प्रत्येक पसलमा रु एक सय २० देखि रु एक सय २५ पर्न थालेको जानकारी दिनुभयो । यसरी चाडवाडलाई लक्षित गरी व्यापारीले मूल्य वृद्धि गरेर उपभोक्तालाई समस्यामा पार्ने काम भएको उहाँको भनाइ छ ।

    चामल, दाल, तेल, मसलालगायत दैनिक उपधोग्य वस्तुमा स्थानीय व्यापारीले मूल्य वृद्धि गर्दा कालाबजारी बढ्दै गएको गाईघाटका उपभोक्ताको गुनासो छ । उपभोक्ता श्याम दाहालले भन्नुभयो, “प्रत्येक वर्ष दसैँजस्तो महत्वपूर्ण चाडमा व्यापारीले मौका छोपेर दशदेखि पन्ध्र प्रतिशतसम्म मूल्य वृद्धि गर्दै आएका छन् । यस पटक ४० प्रतिशतभन्दा बढीका दरले मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेक्न थालेका छन् ।”

    सरोकार भएका निकायले यससम्बन्धी समयमा ध्यान दिएर अनुगमन गरी कालाबजारी रोक्नुपर्ने दाहालले बताउनुभयो । दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धिसँगै सागसब्जी तथा फलफूल व्यापारीले पनि बुधबारदेखि करिब ४० प्रतिशतले मूल्य वृद्धि गरेका उहाँले जानकारी दिनुभयो । प्रतिकिलो रु ८० पर्ने हरियो सागसब्जीको मूल्य अहिले रु एक ३० देखि रु एक ४० सम्म पर्न थालेको त्रियुगा नगरपालिका–१० बोक्सेका उपभोक्ता रामबाबु बस्नेतले बताउनुभयो । व्यापारीले एक पछि अर्को वस्तुको मूल्य वृद्धि गर्न थालेपछि बजार क्षेत्रमा उपभोग्य वस्तु किन्न नसक्ने अवस्थामा पुगेको आमउपभोक्ताले गुनासो गरेका छन् ।

    मूल्य वृद्धिका बारेमा सोधिएको प्रश्नमा गाईघाटको पिजी चौकका व्यापारी विनोदले भन्नुभयो, “हामी साना खुद्रा व्यापारी हौँ, होलसेलरले मूल्य बढाएर सामान पठाएको छ । त्यसैले बढेको मूल्यअनुसार उपभोक्तालाई बिक्री गर्न बाध्य छौँ ।” उपभोग्य वस्तुको अभाव भएकाले होलसेलले मूल्य बढाएर वस्तु पठाएकाले आफूहरुले वृद्धि गर्न बाध्य भएका साना खुद्रा व्यापारी बताउँछन् ।

    उपभोक्ता देवराज थापाले भन्नुभयो, “ठूला व्यापारीको मनपरी तन्त्र छ, जतिबेला चाह्यो उतिबेला मूल्य वृद्धि गर्छन्, स्थानीय सरकार तथा प्रशासनले अनुगमन गरेर कारबाही गर्नुपर्छ । कारबाही नगर्दा कालोबजारी गर्ने व्यापारीको मनोबल बढ्ने गरेको छ ।” यस विषयमा तत्काल स्थानीय प्रशासन, स्थानीय पालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घले मूल्य अनुगमन गरेर नियन्त्रण तथा कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.