सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन खाद्यान्नमा आत्मनिर्भर


  •    न्युजभित्तो/९ आश्विन २०८१, बुधबार १४:०० 
  • चितवन, ९ असोज । जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो ।

    कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यस्तै, १७ हजार ११० हेक्टर क्षेत्रफलमा मकै, चार हजार ९४१ हेक्टर क्षेत्रफलमा गहुँ, एक हजार ५० हेक्टर क्षेत्रफलमा कोदो र फापर लगाउने गरिएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार सबै उत्पादन दुई लाख ५२ हजार ८४५ मेट्रिक टन खाद्यान्न जिल्लामा उत्पादन हुँदै आएको छ । त्यसमा धान एक लाख ६७ हजार ३३ मेट्रिक टन, मकै ६८ हजार ५९१ मेट्रिक टन, गहुँ १६ हजार १३ मेट्रिक टन, कोदो र फापर एक हजार २०८ मेट्रिक टन उत्पादन हुने गरेको कँडेलले जानकारी दिनुभयो ।

    आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम सार्वजनिक तथा आर्थिक वर्ष २०८०र८१ को प्रगति समीक्षा कार्यक्रममा कँडेलले सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार जिल्लामा सात लाख १९ हजार ८५९ जना स्थायी रुपमा बसोबास गर्ने रहेका छन् । त्यसले एक लाख ४० हजार १९ मेट्रिक टन खाद्यान्न खपत गर्ने गरेको सो अवसरमा जानकारी गराइयो ।

    त्यसमध्ये धान ९८ हजार २७४ मेट्रिक टन, मकै २६ हजार ७७७ मेट्रिक टन, गहुँ १३ हजार ८८८ मेट्रिक टन, कोदो र फापर एक हजार ८० मेट्रिक टन उपभोग भएको कँडेलले बताउनुभयो । उहाँका अनुसार दुई हजार ५२६ दशमलव ३० मेट्रिक टन प्रशोधित खाद्यान्न बचत हुने गरेको छ । जिल्लामा स्थायी बसोबास गर्ने जनतालाई आफ्नो उत्पादनले खान पुग्ने जनाउँदै उहाँले अस्थायी रुपमा बसोबास गर्नेहरुको हकमा बाहिरबाट ल्याउनुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.