सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उवासंघ चितवनद्वारा महिला उद्यमीलाई करसम्बन्धी अभिमुखिकरण


  •    न्युजभित्तो/८ आश्विन २०८१, मंगलवार १०:४२ 
  • चितवन, ८ असोज । उद्योग वाणिज्य संघ चितवनले महिला उद्यमी व्यवसायीहरुलाई लक्षित गरी आयोजना गरेको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड रासको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको हो ।

    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक सफलता प्राप्त गर्न करका नीति नियमहरूको बारेमा व्यवसायीहरूलाई जानकारी हुनुपर्ने बताए ।

    संघले आफ्ना सदस्य व्यवसायीहरुलाई निरन्तर रुपमा कर शिक्षा प्रदान गर्दै आइरहेको शिलशिलामा यस किसिमको कार्यक्रमको आयोजना गरेको भन्दै उनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर प्रणालीमा डे १, डे २ र डे ३ अनलाईन सिस्टमा गई सकेको जानकारी गराउदै आफ्नो व्यवसायको कर तिर्न मध्यस्तकर्ताको सहयोग नलिन आग्रह गरे । व्यवसायीलाई आफै कर तिर्न सक्ने बनाउनुपर्ने आजको आवश्यकता पनि भएको उनले बताए ।

    राज्य स्तरबाट प्रदान गर्नुपर्ने प्रशिक्षण कार्यक्रम निजी क्षेत्रको पहलमा गरिएको भन्दै संघप्रति उनले आभार व्यक्त गरे ।

    जिआईजेड रासका फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविन लाल श्रेष्ठले चितवनका महिला उद्यमी व्यवसायीहरुलाई आयकर, मुअ कर, मिसम्याच लगायत करका नीति नियमका बारेमा जानकारी गराउन तालिम महत्वपूर्ण हुने बताए ।

    दुई दिनसम्म सञ्चालित तालिम तथा अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका राजश्व सल्लाहकार सिए विमान कार्की लगायत सिए विकास तिवारी, सिए विशाल भट्टराईले, सिए सजिता अधिकारी, सिए कमल सुवेदी र कविता चौधरीले प्रशिक्षण दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.