सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने


  •    न्युजभित्तो/७ आश्विन २०८१, सोमबार १५:५६ 
  • चितवन, ७ असोज । अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई निःशुल्क पठाउने भएको छ । कलेजले सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने विद्यार्थीको सबै भिजा प्रक्रिया (टिकट र अन्य प्रोसेसिङ) समेत निःशुल्क गराउने भएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार निःशुल्क अध्ययनका लागि प्लस टु वा व्याजलरमा ३ं.० जिपिए भन्दा माथि ल्याएका विद्यार्थीले आइएलटिएसमा ७.५ र युनिभर्सिटीको छात्रबृत्तिको अन्तरवार्ता पास गर्न सक्नुपर्नेछ । यो सबै प्रकृया पुरा गरेपछि मात्र विद्यार्थीलाई कलेजले सबै कुरा (बैंकिङ प्रोसेस, डकुमेन्टेसन, टिकट र भिसा प्रोसेसिङका काम) निःशुल्क गरिदिनेछ । प्रिन्सिपल पौडेलका अनुसार कलेजले यी विद्यार्थीलाई कुनैपनि सर्भिस चार्ज पनि लिने छैन ।

    उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले पछिल्लो समय स्टडी इन कोरियालाई पनि प्राथमिकतामा राखेको हो । पछिल्लो समय यहाँबाट भाषा कक्षा लिएर उच्च शिक्षा अध्ययनका लागि कोरिया जाने विद्यार्थीको संख्या बढेको कलेजले जनाएको छ । कलेजले सिधै कोरियामा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु धमाधम पठाइरहेको कलेजका प्रिन्सिपल पौडेलले बताउनुभयो । उहाँका अनुसार (डि टु र डि फो) दुई प्रकारको विद्यार्थी भिसामा कोरियामा अध्ययनका लागि विद्यार्थी पठाउने गरिन्छ । डि फोर माध्यमबाट कोरियामा भाषा कक्षा पढेर त्यहाँका कलेज युनिभर्सिटीमा अध्ययन गर्न सकिन्छ ।

    यस्तै डि टु मार्फत आइएलटिएसमा ५.५ र एकेडेमिमा २ं.८ जिपिए ल्याएका विद्यार्थी सिधै अंग्रेजी माध्यामबाट अध्ययनका लागि कोरिया जान सक्नेछन । कलेजले अहिलेसम्म सयौं विद्यार्थी अध्ययनका लागि कोरिया पठाइसकेको प्रिन्सिपल पौडेलले बताउनुभयो । ‘धेरै विद्यार्थी कोरिया अध्ययनका लागि जाने तयारीमा हुनुहुन्छ, पौडेलले भन्नुभयो,जापान जत्तिकै प्राथमिकता दिएर काम गरिरहेका छौं ।’ उहाँले कोरिया अध्ययनका लागि जाने विद्यार्थीलाई सेन्ट्रल कलजेले स्कलरसिप कोटाहरुमा पठाइरहेको बताउनुभयो । अष्ट्रेलिया क्यानडा लगायतका देशमा भिसा कम लागेपछि विद्यार्थीहरु कोरियातर्फ पनि आकर्षित भएका छन् । सस्तो शुल्क र स्कलरसिपका कारण कोरियामा विद्यार्थी आकर्षित भएका हुन । कलेजले कोरियाको निःशुल्क भाषा कक्षा, आइएलटिएस, पिटिइ र बसको समेत निःशुल्क व्यवस्था गरेको छ ।

    सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.