सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु


  •    न्युजभित्तो/७ आश्विन २०८१, सोमबार १४:४९ 
  • चितवन, ७ असोज । द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् ।

    म्याग्दीका सुरेन्द्र खत्री विसं २०६३ सालमा कामका सिलसिलामा खेत बारीमा जाँदा बेनी भिडन्तका क्रममा बेबारीसे अवस्थामा छाडिएको बम बिष्फोटमा परी अपाङ्ग बन्नुभयो । उहाँको दुवै हात छैन । बिनाकारण अपाङ्ग हुँदा पनि राज्यबाट सहयोग नहुँदा उहाँ निराश हुनुहुन्छ ।

    खत्रीले भन्नुभयो, “हामीलाई देख्दा समाजले पनि गिज्याउँछ, हाम्रो पहिचान अपाङ्ग मात्रै हो र रु” उहाँले द्वन्द्वपीडित अपाङ्गका रुपमा पहिचान दिन जरुरी रहेको बताउनुभयो । उहाँले थप्नुभयो “हामी काम गरेर स्वरोजगार भइ बाँच्न चाहन्छौ । तर हामीलाई सहयोग कसैले गर्दैन ।”गैँडाकोटमा भेटिनुभएका खत्री सत्य स्थापित हुनुपर्ने भन्दै कानुनी रुपमै आफूहरुको माग सम्बोधन हुनुपर्ने बताउनुहुन्छ । उहाँले यो समस्या समाधानका लागगि कार्यविधि नै बनाएर अघि बढ्नुपर्ने आवश्यकता देख्नुहुन्छ । बाँकेका रामरतन चौधरीको पनि खत्री जस्तै समस्या छ । द्वन्द्वको समयमा बिद्रोही पक्षले मरणासन्न हुनेगरी कुटपिट गर्दा अहिले उहाँका दुवै खुट्टा चल्न सक्ने अबस्था छैन । बैशाखीको भरमा हिँड्नुपर्ने उहाँ तत्कालिन समयमा विसं २०५७ मा सबओभरसियरको काम गर्नुहुन्थ्यो ।

    कार्यालयको काम सकेर घरमा बसेको समयमा बिद्रोही पक्षले मरणासन्न हुने गरी कुटपिट गरी फालेको उहाँले बताउनुभयो । अहिले आफूहरुलाई राज्यले नहेर्दा निकै चिन्ता लाग्ने गरेको उहाँको गुनासो छ । अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालको साधारणसभामा भाग लिन गैँडाकोटमा आउनुभएका चौधरी आफूहरुले पनि द्वन्द्वपीडितको पहिचान पाउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “राज्यले हामीलाई पनि द्वन्द्वपीडितभित्र राखेर परिचयपत्र बनाइदिनु पर्छ ।”

    अपाङ्ग भएको ठाउँमा गरिबी बढ्ने भन्दै उहाँले यस्ता व्यक्तिको परिवारलाई आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “परिवारका सदस्यहरुलाई योग्यताअनुसारको रोजगारीको व्यवस्था राज्यले गर्नुपर्छ ।” शान्ति अभियान्ता रमेश अधिकारी द्वन्द्वपीडित अपाङ्गहरु दुई प्रकारका रहेको बताउनुहुन्छ । जो द्वन्द्वमा प्रत्यक्ष सहभागी भएर र सहभागी नभएर भएका अपाङ्गहरु छन् । अहिलेको समस्या द्वन्द्वमा प्रत्यक्ष सहभागी नभएर पनि द्वन्द्वका कारण अपाङ्ग भएकाहरुको मागलाई राज्यले सुनुवाइ गर्नुपर्ने उहाँले बताउनुभयो ।

    राज्यले विसं २०६३ मङ्सिर ५ गतेपछि बेवारिसे बम बिष्फोटमा परी अपाङ्ग हुनेलाई पनि द्वन्द्वपीडित मानिनुपर्ने अधिकारीको माग छ । द्वन्द्वको समय वा त्यसको कारण भएका अपाङ्गहरुलाई राज्यले पहिचान र परिपुरणको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

    प्छिल्लो समय माग सुनुवाइका लागि अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल गठन गरी सङ्गठित हुन थालेका छन् । देशभर कति यस्ता अपाङ्गहरु छन् भन्ने वास्तविक तथ्याङ्क निकालेर सरकारसँग आफूहरुको मागलाई सुनुवाइ गराउने योजनामा सञ्जालको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.