सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा


  •    न्युजभित्तो/६ आश्विन २०८१, आईतवार १४:३० 
  • चितवन, ६ असोज । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

    महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इ सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ । सडक सुरक्षाको काम बाँकी रहेको छ । उहाँका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ । पूरै सडकमा रङरोगन र सडक बत्तीको काम बाँकी रहेको कार्कीले जानकारी दिनुभयो । वर्षात्का कारण रङरोगनको काम रोकिएको हो ।

    विसं २०७७ असोज २६ गते इन्डो सगुन जेभीले विसं २०७९ माघ २५ गतेभित्र विस्तार सक्नेगरी कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । दुई पटक समय थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि पुनःसमय थप गर्न लागिएको कार्कीले बताउनुभयो । पुस मसान्तसम्मको समय थप गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्यालगरी छ दशमलव शून्य आठ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडकको लागत रु एक अर्ब २३ करोड ५० लाख रहेको छ । पचास मिटर चौडाइ रहनेछ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजनासहित सडक निर्माण सुरु गरिएको हो ।

    सडकको दायाँबायाँ ११ दशमलव पाँच मिटरका दरले कालोपत्र गरिएको छ । त्यसकाबीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बनेको छ ।

    महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्टलाइट र वृक्षरोपणको काम भइरहेको बताउनुभयो । सडकमा वृक्षरोपणका लागि महानगरपालिकाले रु ९५ लाखको ठेक्का गरिसकेको छ । प्रमुख दाहालले भन्नुभयो, “महानगरपालिकाको सभाकक्षमा छलफल गरेर बनेको आयोजना भएकाले यो आयोजना सुरुआतदेखि अहिलेसम्म हामीले उच्च प्राथमिकतामा राखेर सहयोग पुर्‍याइरहेका छौँ ।”

    गत वर्ष बजेट निकासा नहुँदा महानगरपालिकाले संस्थागत रुपमा पहल गरेर बजेट निकासामा सहयोग गरेको थियो । दाहालले भन्नुभयो, “महानगरको सौन्दर्यसँग जोडिएकाले यो सडकलाई सुन्दर र हरियाली बनाउने काम महानगरले पनि गरिरहेको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.