सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल


  •    न्युजभित्तो/६ आश्विन २०८१, आईतवार १२:२० 
  • चितवन, ६ असोज । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुईवटा फार्मेसी र डेन्टल सेवा थप गर्न लागेको हो ।

    बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्न लागिएको कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिनुभयो । हाल अस्पतालमा दुईवटा फार्मेसी सञ्चालनमा छन् । ती फार्मेसीमा बिरामी चाप अत्यधिक भएपछि थप गर्न लागिएको उहाँको भनाइ छ । अस्पतालमा डेन्टल क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा सञ्चालनको काम अगाडि बढेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो ।

    अस्पतालका उपनिर्देशक डा उमेश नेपालले अस्पतालमा थन्किएर रहेको सिटीस्क्यान मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र हाल इन्टरभेन्सन रेडियोलोजी सेवासमेत सुरु बताउनुभयो । महिलाको स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम उपकरण सञ्चालनमा ल्याउन जडानको काम भइरहेको उहाँले जानकारी दिनुभयो । “बोनम्यारो ट्रान्सप्लान्टका लागि काम अघि बढेको छ । अस्पतालले पेटस्क्यान र साइक्लोटोन खरिदको प्रक्रिया अघि बढाएको छ । सिटी एमआरआईलगायतका लागि पालो कुर्नुपर्ने अवस्था करिब अन्त्य भएको छ । अस्पतालका सेवा विस्थार र व्यवस्थापनका काम निरन्तर अगाडि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

    अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले सोहीअनुसार आफूहरूले योजना बनाइरहेको सुनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.