सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युटेकमा दिगो निर्माण प्रविधि र व्यवस्थापनः चुनौती र अवसर विषयक अन्तराष्ट्रिय सम्मेन हुँदै


  •    न्युजभित्तो/५ आश्विन २०८१, शनिबार २१:०३ 
  • चितवन, ५ असोज । <span;>भरतपुर महानगरपालिका–११ स्थित अवस्थित युनाईटेड टेक्निकल कलेजमा भोली (आइतबार) दियो निर्माण प्रविधि र व्यवस्थापनः चुनौती र अवसर विषयमा अन्तराष्टिय सम्मेलन हुने भएको छ । सम्मेलनमा दियो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएक निर्माण क्षेत्रका विशेषज्ञ, विद्वान र विभिन्न विश्वविद्यालयका सोधकर्ताहरुको सहभागिता रहने छ ।

    ज्याक्सन विश्वविद्यालय, अमेरिका सहित पोखरा र पुर्वाञ्चल विश्वविद्यालयबाट आउनुभएका विशेषज्ञहरु मुख्य वक्ताका रुपमा रहने कलेजले जानकारी दिएको छ । सम्मेलनमा दिगो निर्माण प्रविधि र व्यवस्थापनमा रहेका चुनौती र अवसरहरुको चर्चा हुनेछ । साथै जलवायू परिवर्तनका बिचमा दिगो विकास, वातावरणीय प्रभाव मुल्यांकन, कंक्रिटका विभिन्न गुणहरुमा जलवायू परिवर्तनका बिचमा दियो विकास, वातावरणीय प्रभाव मुल्यांकन, कंक्रिकटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्यांकन लगायतका विषयहरु समाबेश हुनेछन् ।

    सहभागिहरुले दिगो विकासका लागि आवश्यक उपाय र रणनीतिहरुको विचार विमर्श हुने युनाईटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक डा अनुर्जन बानियाँले जानकारी दिनुभयो । दिगो निर्माण प्रविधि भविष्यका हाम्रा आवश्यकताहरु मात्र नभएर यसले राष्ट्रको अर्थतन्त्रमा समेत दिर्घकालिन प्रभाव पार्नसक्छ ।
    <span;>सम्मेलनमा मुख्य अतिथि पोखरा विश्वविद्यालयबाट विज्ञान तथा प्रविधि संकायका डीन प्रोफेसर राजेश कुमार ठकुराठी, विशेष अतिथि कृषि तथा वन विश्वविद्यालयबाट कृषि संकायका डीन प्रोफेसर डा अर्जुन कुमार श्रेष्ठ लगायतको सहभागिता रहने पिन्सिपल प्राध्यापक केशव दत्त अवस्थीले जानकारी दिनभयो । यसअघि पनि सन् २०२१मा कलेजले दिगो इन्जिनियरिङ प्राविधिक र व्यवस्थापन विषयमा अन्तराष्ट्रिय सम्मेलन गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.