सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा मुटुरोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन, मुटुको भिडियो एक्सरेबारे छलफल


  •    न्युजभित्तो/४ आश्विन २०८१, शुक्रबार १९:१७ 
  • चितवन, ४ असोज । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय ईकोकार्डियोग्राफी कन्फ्रेन्स (मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन) शुरु भएको छ । सौराहाको होटल सोभेनमा आजबाट शुरु भएको सम्मेलन भोलि शनिबार समापन हुनेछ ।

    नेशनल हर्ट एण्ड लङ्गस् सोसाईटी नेपाल (राष्ट्रिय मुटु तथा फोक्सो समाज) ले ‘प्रथम ईकोकोन नेपाल’ कन्फ्रेन्स आयोजना गरेको हो । सोसाईटीका अध्यक्ष डा.शंकर लौडारीले नेपालमा नै पहिलो पटक यस्तो प्रकृतिको कन्फ्रेन्स आयोजना गरिएको बताउनुभयो । मुटुको भिडियो एक्सरेलाई नै फोकस गरेर पहिलो पटक आफूहरुले सम्मेलन आयोजना गरेको उहाँको भनाई छ ।

    सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी हुनु भएको छ । पहिलो दिन दुई जना भारतीय विज्ञ सहित १२ जनाले मुटुको भिडियो एक्सरे सम्बन्धी भएका अत्याधुनिक प्रविधि र विकास क्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । भोलि शनिबार दुई जना भारतीय र एक जना माल्दिप्सका विज्ञ चिकित्सक सहित २० जनाले फरक फरक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    सोसाईटीका अध्यक्ष डा.लौडारी, पूर्व अध्यक्ष प्रा.डा.श्यामराज रेग्मी र प्रा.डा.मणि गौतमले पहिलो दिन संयुक्त रुपमा सम्मेलनको उद्घान गर्नुभएको थियो । सोही अवसरमा सोसाईटीले प्रकाशन गरेको चौथो जर्नल विमोचन गरिएको छ ।

    मुटुको भिडियो एक्सरेबाट कस्ता कस्ता रोग पत्ता लाग्न सक्छन् ? मुटुको उपचारमा भिडियो एक्सरेको के कस्तो योगदान हुन्छ ? भन्ने बारेमा सम्मेलनमा छलफल भईरहेको छ । नेपालको चितवन सहित काठमाण्डौं, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, वीरगञ्जबाट र भारतको दिल्ली, नेन्नाई, माल्दीप्सबाट समेत मुटुरोग विशेषज्ञको सहभागिता हुनु भएको छ ।

    सम्मेलनले मुटु रोग उपचारको गुणस्तरमा थप बृद्धि गर्ने उहाँको भनाई छ । मुटुको भिडियो एक्सरे सम्बन्धी विभिन्न देशमा भएका अत्याधुनिक प्रविधि र ज्ञानको आदानप्रदान हुनेछ । मुटु रोगको उपचारमा भिडियो एक्सरेको उपयोगिताबारे सहभागीलाई थप ज्ञान प्राप्त हुने डा. लौडारीले बताउनुभयो ।

    मुटुको भिडियो एक्सरेबाट मुटुमा जन्मजात प्वालहरु, मुटुको खुम्चिन सक्ने क्षमता, मुटुको भल्भ सम्बन्धी अवस्था, मुटुमा पानी जम्ने रोग, मुटुबाट निस्किने प्रमुख धमनिहरु सम्बन्धी रोग पहिचान गर्न सहज हुने उहाँको भनाई छ ।

    सम्मेलनले मुटु रोगको पहिचान र उपचारमा थप गुणस्तरीयता ल्याउने बताउँदै डा. लौडारीले भन्नुभयो “मुटुको रोगको उपचारमा मुटुको भिडियो एक्सरे आधारभूत आवश्यकता हो ।” विश्वमा मृत्युको पहिलो कारण मुटु रोगलाई मान्ने गरिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.