सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको तिरुपति मन्दीरको प्रसादमा जनावरको बोसो प्रयोग !


  •    न्युजभित्तो/४ आश्विन २०८१, शुक्रबार १२:०१ 
  • भारत, ४ असोज । भारतको विश्वप्रसिद्ध तिरुपति मन्दीरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको छ।

    आन्ध्र प्रदेशस्थित यस मन्दीरमा प्रसादको रुपमा बाँडिने लड्डुमा जनावरको बोसोको प्रयोग भएको विषयमा विवाद अहिले उत्कर्समा पुगेको छ।

    आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले पछिल्लो सरकारले मन्दीरको प्रसादका लागि बनाउने लड्डुमा घ्यूको सट्टा जनावरको बोसो प्रयोग गर्ने गरेको आरोप लगाएका छन्। साथै उनले यसले मन्दीरको प्रतिष्ठालाई संकटमा पारेको पनि बताएका छन्।

    उनले मन्दीरको लड्डुमा प्रयोग हुने घ्यूमा मिलावट भएको पुष्टि भइसकेको पनि दावी गरेका छन्।

    भारत आन्ध्र प्रदेशको तिरुपति मन्दीर विश्व प्रसिद्ध मन्दीरमध्येको एक हो। जहाँ नेपालसहित विश्वका विभिन्न मुलुकबाट पर्यटक र भक्तजन पुग्ने गर्छन्।

    तिरुपति मन्दीरमा बर्सेनि ३ हजार करोड रुपैयाँ दानबाट जम्मा हुन्छ। जसमा ५ सयदेखि ६ सय करोड रुपैयाँ प्रसादको रुपमा लड्डु बिक्री गरेको हुने गरेको छ। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.